१२ असार २०८३, शुक्रबार
,
Latest
स्थानीयको भावनाअनुरुप विभिन्न विषय र सङ्काय थप गर्छाैः मन्त्री पोखरेल राजमार्गमा भएका अतिक्रमण हटाउन निर्देशन रास्वपा पदाधिकारी निर्वाचनमा कम मत, १ हजार २८९ प्रतिनिधिले मात्रै गरे मतदान शासकीय सुधारका लागि ४० निर्देशिका एवं प्रशासनिक दस्तावेज जारी लगातार तेस्रोपटक स्थगित भयो प्रतिनिधिसभा बैठक, आइतबार बिहान ११ बजे बस्ने काठमाडौँ महानगरपालिकाबाट शुक्रराज ट्रपिकल अस्पताललाई १८ सय भाइल एन्टी रेविज खोप प्रदान राष्ट्रियसभाः शोक प्रस्ताव पारित २३ वर्षीया आकाङ्क्षा रास्वपाको केन्द्रीय सदस्य जेनजी आन्दोलनसम्बन्धी अनुसन्धान प्रतिवेदनमा कारबाही सिफारिस गर्दा मानव अधिकार आयोगले कार्यक्षेत्र मिच्योः एमाले सांसद झाँक्री रास्वपा महाधिवेशन : रु ५० करोडभन्दा बढीको व्यापार
तपाईं के खोज्दै हुनुहुन्छ ?

इसेवा र मिडास एजुकेशनको सहकार्यमा विद्यार्थीले घरमै निशुल्क अध्ययन गर्न सकिने



अ+ अ-

काठमाडौं । भुक्तानी सेवा प्रदायक इसेवा र मिडास एजुकेशनको सहकार्यमा विद्यार्थीहरूलाई निशुल्क घरमै अध्ययन गर्न सकिने सेवा व्यवस्था मिलाइएको छ । विश्वव्यापी महामारी निम्त्याएको कोरोनाका कारण सम्पूर्ण स्कुलहरू बन्द रहेको अवस्थामा विद्यार्थीहरूले घरमै बसेर निशुल्क रूपमा श्रव्य दृष्य मार्फत अध्ययन गर्न सक्नेछन् ।

अध्ययनका लागी विद्यार्थीहरूले मिडास एजुकेशनको मोबाईल एप्स् डाउनलोड गर्नुपर्ने छ । एप्लीकेशनमा अर्डर मा क्लिक गरेपछि मागिएको कोडमा ‘esewa’ राखेर आफुले चाहेको विषय अध्ययन गर्न पाइनेछ । नर्सरी देखि कक्षा १० सम्मकाविद्यार्थीले आफुले चाहेको विषय अध्ययन गर्न सक्नेछन् ।

मिडासले विगत एक दशकदेखि नर्सरी देखि १० कक्षासम्मका पाठ्यक्रममा आधारित श्रव्य दृष्य सामाग्री मार्फत अध्यापन गराउँदै आएको छ । विद्यार्थीहरू स्कुल जान नपाइरहेको अवस्थामा घरमै बसेर मोबाईल मार्फत अध्ययन गर्न सकुन् भन्ने उदेश्यले यो सेवा दिइएको हो ।

इसेवा नेपालको पहिलो भुक्तानी सेवाप्रदायक हो । इसेवामार्फत मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका दुई हजार भन्दा बढी सेवाहरूको शुल्क भुक्तानी गर्न सकिन्छ । इसेवामा हाल ४९ वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन् । यी बैंकबाट इसेवामा सहजै रकम जम्मागर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ ।