१ पुष २०८२, मंगलवार
,
Latest
प्रधानमन्त्री कार्कीसमक्ष योजना आयोगका उपाध्यक्ष डा. श्रेष्ठ र सदस्य हाडाको शपथ १९औँ चितवन हात्ती तथा पर्यटन महोत्सव अगामी पुस १३ देखि पुस १२ गतेभित्र राष्ट्रिय सभा बैठक बोलाउँछौँः नारायणप्रसाद दाहाल एमाले महाधिवेशनः साँझ ७ बजेबाट मतदान हुने माथिल्लो अरुण आयोजना निर्माणका लागि दुई हजार बढी रुख काटियो अख्तियारद्वारा पोखरा विमानस्थलका तत्कालीन आयोजना प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता पासाङ शेर्पाको उम्मेदवारी खारेज एमाले महाधिवेशनः ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता नेपाल आउने भारतीय र भारत जाने नेपालीले प्रतिव्यक्ति भा.रु. २५ हजारसम्म बोक्न पाउने रेडपाण्डा म्याराथनः पुरुषतर्फ गजेन्द्र र महिलातर्फ निर्मलाले उपाधि जिते
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘दाता’ को सहयोगले गौ संरक्षण केन्द्र सञ्चालनमा सहज



अ+ अ-

दमौली, (तनहुँ) । यहाँ छाडा गाई रेखदेखका लागि गौ संरक्षण केन्द्र सञ्चालन गरिएको छ । यो केन्द्र विसं २०७६ देखि यहाँको व्यास नगरपालिका–१० दुम्सीमा सञ्चालनमा छ ।

जथाभावी गाई छाडिदिँदा दुर्घटना बढ्ने र फोहर हुने क्रम बढेपछि व्यास नगरपालिकाले यो केन्द्र स्थापना गरेको हो, तर यसको व्यवस्थापनमा भने विभिन्न सङ्घसंस्था तथा व्यक्तिहरूको सहयोग महत्त्वपूर्ण छ ।

गौ संरक्षण समितिका अध्यक्ष तुल्सीराम सापकोटाले संरक्षण केन्द्रमा हाल एक सय ५० भन्दा बढी गाई रहेका र यसको व्यवस्थापन जन्मदिन, वैवाहिक वर्षगाँठको अवसर पारेर व्यक्ति तथा संस्थाहरूले दिने सहयोगबाट हुँदै आएका बताउनुभयो । दानी व्यक्ति तथा सङ्घसंस्थाले  विविध अवसर पारेर सहयोग गर्दा केन्द्र सञ्चालनमा सहज भइरहेको उहाँको भनाइ छ ।

नगरपालिकाले तत्कालीन वडाध्यक्षसमेत रहनुभएका सापकोटाको संयोजकत्वमा अध्ययन समिति गठन गरेर केन्द्र स्थापनाको प्रारम्भ गरेको थियो । मादी नदी किनारमा रहेको तीन सय रोपनी सार्वजनिक जग्गालाई तारबार गरेर केन्द्र सञ्चालनमा ल्याइएको छ ।

समितिका अध्यक्ष सापकोटाले भन्नुभयो, “त्यतिखेर तीन सय रोपनी तारबार गर्ने सामथ्र्य पनि थिएन । प्रत्येक वर्षको बजेटबाट विभिन्न चरण गरी तीन सय रोपनी जग्गा केन्द्र सञ्चालनका लागि संरक्षण गरेका छौ । केन्द्र स्थापना भएपछि विभिन्न ठाउँबाट गाई ल्याइन क्रम बढेको छ ।”

गाईले दूध दिन छाडेपछि गाईलाई कहाँ लैजाने भनेर समस्यामा मानिस यसबाट लाभान्वित भइरहेका छन् । संरक्षण केन्द्रमा रहेका गाईहरू मरेपछि पनि त्यसको उपयोग गर्नेबारे योजना बनिरहेको संरक्षण समितिले जनाएको छ । “गाई मरेपछि केन्द्र आसपास रहेका गिद्धहरूको आहारका रूपमा प्रयोग गरिएको छ । छाला काडेर राखिदिन्छौँ, गिद्ध आएर खान्छन् । हड्डीलाई खाल्डो खनेर पुर्ने गरेका छौँ । अब भने हड्डीबाट पनि आम्दानी लिने सोचका साथ अगाडि बढेका छौँ, त्यसका लागि उपकरण खरिद गर्ने तयारी छ”, सापकोटाले भन्नुभयो ।

यही स्थानबाट दमौली बजारमा उत्पादित हुने कुहिने फोहरबाट बायोग्याससमेत उत्पादन गर्ने गरिरहेको छ ।  गाईको संरक्षणका साथै फोहर व्यवस्थापनरबाट ग्यास उत्पादन गरिएको अध्यक्ष सापकोटाले जानकारी दिनुभयो ।

संरक्षण केन्द्र व्यवस्थापनका लागि व्यास नगरपालिकाको सहयोगमा तीन र केन्द्रबाट एक गरी चार जना कर्मचारी नियुक्त गरिएको छ । नगरपालिकाले परालका लागि मासिक रु पाँच लाख सहयोग गरिरहेको जनाइएको छ ।  रासस