२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सबै यातायात सेवा बन्द गर्नुपर्ने व्यवसायीको माग



अ+ अ-

काठमाडौं । लामो दूरीको यातायात सेवा रोकेर मात्रै कोरोनाको संक्रमणबाट बच्न नसकिने भन्दै यातायात व्यवसायीले सबै प्रकारको यातायात सेवा बन्द गर्न माग गरेका छन्।

नेपाल यातायात व्यवसयी महासघंका महासचिव सरोज सिटौलाले लामो दूरीको यातायात सेवा रोकेर कोरोनाको संक्रमणबाट बच्न नसकिने भएकाले वायु सेवा पनि रोक्नु पर्ने बताउँछन्।

‘अहिले उपत्यकामा थोरै गाडी चलेकाले भीड धेरै छ। यो त झन भयावह स्थिति भयो। बरु केही दिन सबै काम ठप्प गरेर सबै यातायात पनि रोकौं, र सञ्चालनमा रहेको वायु सेवा पनि रोक्नु पर्यो’ सिटौलाले भने।

सबै प्रकारका यातायात सेवा बन्द गराउन महासघंले विभागीय मन्त्रालयमा अपिल गरिसकेको उनले जानकारी दिए।