४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

नख्खुबाट रविको सन्देश: आवश्यक पर्दा रास्वपाले नेतृत्व र त्याग दुवै गर्छ

वर्तमान सरकारको धारणा खोजिरहेको छु, 'फेवर' होइन। हिजो 'अन्याय भयो' भन्नेहरूले आज केही त बोल्नु पर्ला !

नख्खुबाट रविको सन्देश: आवश्यक पर्दा रास्वपाले नेतृत्व र त्याग दुवै गर्छ
फाईल फोटो
अ+ अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आवश्यक पर्दा रास्वपाले नेतृत्व र त्याग दुवै गर्ने जनाउनु भएको छ ।

पूर्पक्षका लागि नख्खु कारागारमा रहनु भएका लामिछानेसंगको भेटबारे जानकारी गराउदै बिगतमा उहाँको सचिवालयमा रहनु भएका प्रमोद न्यौपानेले यस्तो जानकारी गराउनु भएको हो ।

न्यौपानेका अनुसारअघिल्लो सरकारले राजनीतिक प्रतिशोधका आधारमा आफू विरुद्ध लगाएको मुद्दामा वर्तमान सरकारको धारणा पनि लामिछानेले खोज्नु भएको छ ।

उहाँको भनाई उदृत गर्दे न्यौपाले सामाजिक संञ्जालमा लेख्नु भएको छ ‘फेवर’ होइन। हिजो ‘अन्याय भयो’ भन्नेहरूले आज केही त बोल्नु पर्ला!

न्यौपाने लेख्नु भएको छ-

रास्वपा सभापति रवि लामिछानेसँग  पचास दिनपछि आज नख्खु कारागारमा भेट भयो। उहाँले भेट्न खोजेको र मैले पनि चाहेको दिन एकै परेछ, आज। ‘क्या संयोग’ भनेर हाँस्दै कुराकानी थालेको ‘ल त्यसै गरौ’ भनेर छुट्दा डेढ घण्टा बितेछ।

‘रवि दाइबारे अपडेट खै’ भनेर निरन्तर सोध्नु हुने शुभचिन्तकलाई उहाँ पूर्ववत स्वस्थ, दृढ र आत्मविश्वासी हुनुहुन्छ भन्ने जानकारी। अनि, राजनीतिक चासो लिनेरहुनेलाई अवगत गराइदिनु भन्दै उहाँले प्रष्टरुपमा चार बुँदा भन्नुभएको छ।

(१) अघिल्लो सरकारले राजनीतिक प्रतिशोधका आधारमा मविरुद्ध लगाएको मुद्दामा वर्तमान सरकारको धारणा खोजिरहेको छु, ‘फेवर’ होइन। हिजो ‘अन्याय भयो’ भन्नेहरूले आज केही त बोल्नु पर्ला!

(२) पछिल्लो जनमतका आधारमा चौथो शक्ति हुनुको नाताले वैकल्पिक र परिवर्तनकारी दल, समूह र व्यक्तिलाई एकीकृत गर्ने जिम्मेवारी रास्वपामा छ। आवश्यक पर्दा रास्वपाले नेतृत्व र त्याग दुबै गर्छ।

(३) एकपटक चिठ्ठा परेकाहरू पटक-पटक परोस् भन्ने ठान्छन्। तर, संयोग दोहोरिरहँदैन नि! भर्खरै चिठ्ठा परेका केहीलाई फेरि चिठ्ठाकै आश र लोभ छ।लोभीहरूले चिठ्ठा किन्न सक्छन। तर, फेरि पर्छ नै भन्ने हुन्न। हरेक जालमा माछा पर्दैन नि !

(४) रास्वपालाई मुलुकको नेतृत्व गर्ने दल बनाउनु छ। त्यो क्षणिक लाभ-हानी सोचेर बन्दैन। अत्यन्तै खराव परिस्थिति आए पनि रास्वपालाई एक नम्बरको शक्ति बनाउने दृढतामा कमजोर हुन्न, मेहनत र समय कति लाग्छ त्यो ठूलो कुरा होइन।