काठमाडौं । सरकार, राजनीतिक दल र जेनजी पुस्ताबीचको त्रिपक्षीय वार्ता केहीबेरमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु हुँदैछ ।
आगामी प्रतिनिधि सभा निर्वाचनको वातावरण बनाउन सरकारले सघन छलफलको तयारी गरेको हो ।
यो पहिलो पटक हो जब सरकारले राजनीतिक दलका प्रतिनिधिहरूसँगै जेनजी पुस्ताका प्रतिनिधिहरूसँग पनि औपचारिक वार्ता हुँदैछ । छलफलमा १३ जना जेनजी प्रतिनिधि सहभागी हुँदैछन् ।
ती प्रतिनिधिहरूमा मोनिका निरौला, रक्षा बम, पुरुषोत्तम यादव, सामना लावती, खेमराज साउँद, उपअर्जुन चाम्लिङ, भोजविक्रम थापा, मिराज ढुंगाना, विवेक दाहाल, जेम्स कार्की, रेहनराज डंगोल, अमित खनाल र राजन रानामगर रहेका छन् ।
लामो समयपछिको यस औपचारिक राजनीतिक संवादले निर्वाचनको वातावरण निर्माणमा ठोस आधार तयार गर्ने सरकारको अपेक्षा छ ।










