२० मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपति पौडेलको कतार भ्रमण स्वीकृत



अ+ अ-

काठमाडौं । सरकारले राष्ट्रपति रामचन्द्र पौडेलको कतार भ्रमण स्वीकृत गरेको छ ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपति पौडेलको कतार भ्रमण स्वीकृत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री जगदिश खरेलले जानकारी दिए ।

उनका अनुसार राष्ट्रपति पौडेल कात्तिक १७ गतेदेखि २० गतेसम्म कतारको औपचारिक भ्रमणमा रहनेछन् ।

राष्ट्रपति पौडेलले कतारको राजधानी दोहामा आयोजना हुने ‘सेकेन्ड वर्ल्ड समिट फर सोसल डेभलेपमेन्ट’ कार्यक्रममा सहभागिता जनाउनेछन् ।

मन्त्री खरेलका अनुसार राष्ट्रपति पौडेलको नेतृत्वमा औपचारिक प्रतिनिधिमण्डल उक्त कार्यक्रमका लागि कतार प्रस्थान गर्नेछ ।

“कतारको दोहामा आयोजना हुने सेकेन्ड वर्ल्ड समिट फर सोसल डेभलेपमेन्ट कार्यक्रममा सहभागी हुन राष्ट्रपति रामचन्द्र पौडेलको नेतृत्वमा कात्तिक १७ देखि २० गतेसम्म हुने औपचारिक भ्रमण स्वीकृत गर्ने निर्णय भएको छ,” मन्त्री खरेलले मन्त्रिपरिषद् बैठकपछि भने ।