१४ भाद्र २०८३, आईतवार
,
Latest
इरानका सर्वोच्च नेता खामेनीद्वारा मुस्लिम देशहरूबीच एकताका लागि आह्वान बाढीपछि करिब ८५ अमेरिकी नागरिक अझै बेपत्ता नागरिकको सुरक्षा र अभिभावकत्व प्रदान गर्नु सरकारको सर्वोच्च दायित्व हो र यसलाई पूर्ण निष्ठाका साथ… भर्जिनियाको ‘हाम्रो भजन समूह’द्वारा बाढीपीडितका लागि रु. ५ लाखभन्दा बढी सहयोग ‘शव व्यवस्थापन अस्थायी भण्डारण मात्रै हो अन्तिम संस्कार होइन’ एनडीपीको दोस्रो साधारणसभा सम्पन्न, २.५ प्रतिशत बोनस सेयर पारित गोरखामा फेला परेका तीन शव सनाखतपछि आफन्तलाई हस्तान्तरण प्रधानमन्त्री राहत कोषमा चीन सरकारको ३० करोड सहयोग रकम अर्थमन्त्रीमार्फत हस्तान्तरण बाढी प्रभावित ग्राहकलाई सुबिसुद्वारा थप ७ दिनको इन्टरनेट सेवा भोटेकोशी बाढीः मधेस प्रदेशका हराइरहेका ३० जना सम्पर्कमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

चलचित्र ‘मन बिनाको धन’को ट्रेलर सार्वजनिक



अ+ अ-

काठमाडौँ । नेपाली चलचित्र ‘मन बिनाको धनको’ ट्रेलर सार्वजनिक भएको छ ।

बुधवार एक कार्यक्रमबीच चलचित्रको ट्रेलर सार्वजनिक भएको हो । कार्तिक २१ गतेदेखि प्रदर्शन हुने चलचित्रमा बालकलाकार अशोक दर्जीको मुख्य भुमिका रहेको छ । चलचित्र बनाउने आफ्नो इच्छा नभए पनि अशोकको चलचित्रमा अभिनय गर्ने चाहना भएकाले चलचित्र निर्माण गरेको निर्देशक बुढाथोकीले बताउनु भयो । यो निर्देशक बुढाथोकीको निर्देशनमा डेब्यु चलचित्र समेत हो । चलचित्रले अपेक्षित आम्दानी गरे देशका विद्यालयहरुमा गुरुहरुका लागि कोष खडा गर्ने योजना रहेको चलचित्रका निर्देशक टंक बुढाथोकीले बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘चलचित्र बन्छ भन्ने त्यस्तो केही थिएन तर जबदेखि हामी जोडियौँ र अशोकको इन्टे«स्टहरु बुज्दै जादाँ उ कालाकारीतामा एक्टिभ भएको देखिरहँदाखेरी र मैले पनि धेरै कुराहरु समाजलाई उत्तर दिनुपर्ने भएको कारणले गर्दाखेरी हामीले यो चलचित्र मन बिनाको धन निर्माण गर्ने योजना बनायौं ।’ 

चलचित्रमा अशोक दर्जीले गीत भन्दा राम्रो अभिनय गरेको अभिनेता सरोज खनालले बताउनु भयो । उहाँले चलचित्र मुख्य रुपले अशोक दर्जीको निम्ति बनेको बताउनु भयो । आफू लगायत अन्य कलाकार अशोकलाई सहयोगका लागि चलचित्रमा रहेको उहाँको जिकिर छ । अन्य चलचित्रमा भन्दा यस चलचित्रमा आफ्नो भुमिका फरक रहेको उहाँले बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘म जहाँसम्म यो चलचित्रको बारेमा बोल्नुपर्दा खेरी यो चलचित्र हाम्रो अशोक भाईको लागि बनेको हो । हामी त एउटा सपोटिङ रुपमा उहाँको छेउमा उभिएका छौं र म यति मात्र भन्छु कि अशोक भाई जति गीत गाउनुहुन्छ त्यो भन्दा बढी मिठो अभिनय गर्नुहुँदो रहेछ ।’ 

टंक बुढाथोकीको निर्देशनमा निर्मांण भएको चलचित्रमा अशोकका साथै अग्रज कलकार सन्तोष पन्त, सरोज खनाल, रमा थपलिया, निता ढुंगाना, भोला सापकोटा, बुद्धि तामाङ, रमेश विश्वकर्मा, रविन्द्र झा, पार्वती अधिकारी, उत्सव सापकोटा, एआर बुढाथोकी, शंकर श्रेष्ठ, साम्राज्ञी थापा, बिना राउत, बाबु पराजुली, रक्षा श्रेष्ठ, प्रियंका झा, विनय अधिकारी, आर्यन पोखरेल, विजय डंगोल लगायतका कलाकारको अभिनय छ ।