चितवन । कोरोना विषेश अस्पताल भरतपुरमा उपचाररत एक युवकको मृत्यु भएको छ । मंगलबार विहान ७ बजे उपचारका क्रममा उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।
उच्च ज्वरो र रुघाखोकीले ग्रसित बनेका वीरगञ्जका ३० बर्षका युवकलाई चितवन मेडिकल कलेजबाट रिफर गरेर केही दिन अघि कोरोना बिषेश अस्पतालमा पठाइएको थियो । उनको शव अस्पतालमै राखिएको छ ।
उनीलाई कोरोना भएको आशंकामा आइसोलेसनमा राखिएको थियो, तर कोरोना संक्रमण भएनभएको रिपोर्ट आउन बाँकी छ ।
उनको स्वाबको नमुना सोमबार नै संकलन गरिएको र मंगलबार विहान विमानबाट मात्र पठाइएको अस्पताल स्रोतले जनाएको छ ।