काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा अहिले मन्त्रिपरिषद् बैठक जारी छ ।
बैठकमा विभिन्न मन्त्रालय र निकायबाट आएका नियमित प्रस्तावहरूमा छलफल तथा निर्णय हुने अपेक्षा गरिएको छ । स्रोतका अनुसार, नियमित एजेन्डासँगै प्रशासनिक सरुवासम्बन्धी विषयमा पनि छलफल हुने सम्भावना छ ।
स्रोतका अनुसार आजको बैठकले केही सचिवहरूको सरुवाबारे निर्णय गर्न सक्ने संकेत दिएको छ ।
बैठकपछि निर्णय सार्वजनिक गरिने प्रधानमन्त्री कार्यालयले जनाएको छ ।











