२८ भाद्र २०८३, आईतवार
,
Latest
वर्षाको पानी जमिनमै पुनर्भरण गर्न ‘रिचार्ज काठमाडौँ’ अभियान चलाउँदै महानगर ब्रिक्सको प्रभाव र सहकार्य विस्तार गर्न राष्ट्रपति सीद्वारा पाँच प्रस्ताव बाँकेमा दुई हजार आठ सय बढी नयाँ रोजगारी सिर्जना विश्वव्यापी आपूर्ति दबाबबीच सिरियामा इन्धनको मूल्य बढ्यो अस्करमा नेपालको प्रतिनिधित्व गर्ने ‘तिनीहरू’लाई प्रधानमन्त्री शाहको बधाई बाढीमा बगेका विद्यालय चलाउन ठाउँकै पिरलो एउटै खेलमा कप्तान लामिछानेको नाममा तीन उपलब्धि एआई प्रविधिबाट ट्राफिक व्यवस्थापन गर्न प्रहरी प्रमुख कार्कीको जोड पिनोचेको तानाशाहीविरुद्ध प्रदर्शनमा चिलीमा २८४ पक्राउ एमाले कार्यदलको विवाद मिलाउन काभ्रेमा आवासीय बैठक
तपाईं के खोज्दै हुनुहुन्छ ?

संक्रमित युवतीसँग जहाजमा आएका काभ्रेका दुई युवा पनि सम्पर्कमा



अ+ अ-


काभ्रे । फ्रान्सबाट कतार हुदै नेपाल आएकी कोराना भाइरस पुष्टि भएकी किशोरीसँगै विमानमा नेपाल आएका काभ्रेका दुई जना युवा मंगलबार सम्पर्कमा आएका छन् । बनेपा नगरपालिका–२ नालाका एक युवाले आफू पनि सोही विमानमा रहेको भनी उपचार गराउन अस्पताल पुगेको बनेपा नगरपालिकाका प्रेस संयोजक लक्ष्मण तिमल्सिनाले जानकारी दिएका छन् ।


त्यसैगरी सोही विमानमार्फत नेपाल आएका धुलिखेल नगरपालिका काभ्रे भन्ज्याङका अर्का युवा पनि धुलिखेल अस्पतालको सम्पर्कमा आएको धुलिखेल नगरपालिकाले जनाएको छ ।
बनेपाका युवा फ्रान्सबाटै संक्रमित किशोरीसँग आएको र धुलिखेलका युवा इटालीबाट कतार आएर सो विमानमा चढेको जानकारी प्राप्त भएको छ ।
उनीहरु दुवै जनाको धुलिखेल अस्पतालमा स्वास्थ्य जाँच भएको छ । त्यसपछि उनलाई घरमै सेल्फ क्वरेन्टाइन मा बसी वडाअध्यक्षको निगरानीमा राखिने गरी निर्णय भएको प्रेस संयोजक तिमल्सिनाले जानकारी दिएका छन् ।
फ्रान्सबाट कतारको कतारको दोहा हुँदै यही चैत्र ४ गते नेपाल आएकी एक १९ वर्षीय किशोरीमा कोभिड–१९ पोजेटिभ देखिएको थियो। अहिले उनको टेकु अस्पतालमा उपचार भइरहेको छ।