२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सीमामा रोकिएका नेपालीबारे ३ बजेपछि निर्णय हुने



अ+ अ-

काठमाडौं । नेपाल भारतको सीमामा रहेका नेपालीको विषयमा ३ बजे छलफल हुने भएको छ। भारत र नेपाल दुबैतिर लक डाउन हुँदासमेत आइरहेका नेपालीलाई कसरी व्यवस्थापन गर्ने भनेर छलफल गर्न उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक बोलाइएको छ।

सीमा नाकामा सोचेको भन्दा धेरै भीड भएकाले यसबारे निर्णय हुन बाँकी रहेको कृषि मन्त्री घनश्याम भुषालले बताए।

आइतबार बसेको मन्त्रिपरिषद बैठकले सीमानामा लकडाउन गर्ने निर्णय गरेको थियो भने सोमबार बसेको उच्चस्तरीय समन्वय समितिको बैठकले नेपालभित्र पनि लक डाउन गर्ने निर्णय गरेको हो।

अहिले कञ्चनपुरका गड्डाचौकी र कैलालीको गौरीफन्टा नाकामा रहेका सयौं नेपालीले नेपालमा आउन पाउनु पर्ने माग गर्दै नाराबाजी गरेका छन्। प्रहरीले रोक्न खोजेपछि केहीबेर झडप पनि भएको थियो।