१२ असार २०८३, शुक्रबार
,
Latest
रास्वपा उपसभापतिमा सोविता विजयी मुख्यमन्त्रीलाई हात्तीबाट पीडितले बुझाए ज्ञापन पत्र कार्यसम्पादन मूल्याङ्कनमा मनाङ पहिलो मिर्गौला तथा क्यान्सर पीडितलाई आर्थिक सहयोग स्थानीयको भावनाअनुरुप विभिन्न विषय र सङ्काय थप गर्छाैः मन्त्री पोखरेल राजमार्गमा भएका अतिक्रमण हटाउन निर्देशन रास्वपा पदाधिकारी निर्वाचनमा कम मत, १ हजार २८९ प्रतिनिधिले मात्रै गरे मतदान शासकीय सुधारका लागि ४० निर्देशिका एवं प्रशासनिक दस्तावेज जारी लगातार तेस्रोपटक स्थगित भयो प्रतिनिधिसभा बैठक, आइतबार बिहान ११ बजे बस्ने काठमाडौँ महानगरपालिकाबाट शुक्रराज ट्रपिकल अस्पताललाई १८ सय भाइल एन्टी रेविज खोप प्रदान
तपाईं के खोज्दै हुनुहुन्छ ?

सीमामा रोकिएका नेपालीबारे ३ बजेपछि निर्णय हुने



अ+ अ-

काठमाडौं । नेपाल भारतको सीमामा रहेका नेपालीको विषयमा ३ बजे छलफल हुने भएको छ। भारत र नेपाल दुबैतिर लक डाउन हुँदासमेत आइरहेका नेपालीलाई कसरी व्यवस्थापन गर्ने भनेर छलफल गर्न उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक बोलाइएको छ।

सीमा नाकामा सोचेको भन्दा धेरै भीड भएकाले यसबारे निर्णय हुन बाँकी रहेको कृषि मन्त्री घनश्याम भुषालले बताए।

आइतबार बसेको मन्त्रिपरिषद बैठकले सीमानामा लकडाउन गर्ने निर्णय गरेको थियो भने सोमबार बसेको उच्चस्तरीय समन्वय समितिको बैठकले नेपालभित्र पनि लक डाउन गर्ने निर्णय गरेको हो।

अहिले कञ्चनपुरका गड्डाचौकी र कैलालीको गौरीफन्टा नाकामा रहेका सयौं नेपालीले नेपालमा आउन पाउनु पर्ने माग गर्दै नाराबाजी गरेका छन्। प्रहरीले रोक्न खोजेपछि केहीबेर झडप पनि भएको थियो।