१२ असार २०८३, शुक्रबार
,
Latest
रास्वपा उपसभापतिमा सोविता विजयी मुख्यमन्त्रीलाई हात्तीबाट पीडितले बुझाए ज्ञापन पत्र कार्यसम्पादन मूल्याङ्कनमा मनाङ पहिलो मिर्गौला तथा क्यान्सर पीडितलाई आर्थिक सहयोग स्थानीयको भावनाअनुरुप विभिन्न विषय र सङ्काय थप गर्छाैः मन्त्री पोखरेल राजमार्गमा भएका अतिक्रमण हटाउन निर्देशन रास्वपा पदाधिकारी निर्वाचनमा कम मत, १ हजार २८९ प्रतिनिधिले मात्रै गरे मतदान शासकीय सुधारका लागि ४० निर्देशिका एवं प्रशासनिक दस्तावेज जारी लगातार तेस्रोपटक स्थगित भयो प्रतिनिधिसभा बैठक, आइतबार बिहान ११ बजे बस्ने काठमाडौँ महानगरपालिकाबाट शुक्रराज ट्रपिकल अस्पताललाई १८ सय भाइल एन्टी रेविज खोप प्रदान
तपाईं के खोज्दै हुनुहुन्छ ?

चितवनमा मृत्यु हुने युवा मिर्गाैलाका गम्भीर विरामी थिए– अस्पताल



अ+ अ-

चितवन । भरतपुरको कोरोना अस्पतालमा आज निधन भएका युवा मिर्गौला विरामी भएको अस्पतालले जनाएको छ । उपचारको क्रममा मंगलबार बिहान ७ बजे विरगञ्जका ३० वर्षीय सन्तोष यादवको मृत्यु भएको थियो । कोरोना अस्पतालमा आइसोलेसनमा राखिएका उनको मंगलबार मृत्यु भएको थियो ।

उनको स्वाब परीक्षण गरिएको छ तर रिपोर्ट आएको छैन । त्यसैले मृत्युको कारण खुल्न नसकेको भनिए पनि उनी मिर्गाैलाका गम्भीर विरामी रहेको खुलेको हो । उनी चैत्र ९ गते साँझ कोरोना अस्पताल भर्ना भएका थिए । यादवलाई चितवन मेडिकल कलेजले रिफर गरेर कोरोना अस्पताल पठाएको थियो ।

यादव किड्नीका रोगी थिए । किड्नीमा लाग्ने रोग लुपस भएका उनलाई ज्वरो र निमोनिया देखिएपछि कोरोना अस्पताल रिफर गरिएको थियो । उनको स्वाप थ्रो परिक्षण मंगलबार काठमाठौ भइरहेको छ । रिपोर्ट आएपछि मात्रै मृत्युको कारण पहिचाना हुने कोरोना अस्पतालका प्रवक्ता डा. भोजराज अधिकारीले बताए । ‘किड्नीमा लाग्ने लुपस देखिएको छ’ डा.अधिकारीले भने ‘कोरोना हो कि होइन भन्ने अहिले नै थाहा छैन तर कोरोना हुने सम्भावना पनि त्यति बलियो छैन ।

पहिल्यैदेखि किड्नी विरामी उनी उच्च ज्वरो र रुघाखोकीले ग्रसित भएपछि रक्त अल्पताको आशंका पनि गरिएको छ । मिर्गौलाले काम गर्न छोडेपछि मृत्यु भएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । उनी २ वर्षदेखि मिर्गौला रोगले ग्रसित थिए । उनलाई कोरोनाको आशंकामा आइसोलेसनमा राखिएको मात्र हो तर ज्वरो बाहेक अरु कुनै लक्षण पनि थिएन ।
कोरोना अस्पतालको जनरल वार्डमा राखिएका उनलाई स्वास्थ्यमा थप समस्या भएपछि विहान मात्रै आईसियुमा सारेको थियो ।