१९ मंसिर २०८२, शुक्रबार
,
Latest
चुरे क्षेत्रको अवैध उत्खनन रोक्न अनुगमन भदौमा त्यो स्थिति जे आयो, त्यो त न तपाईँको हातमा थियो, न हाम्रो हातमा थियो कांग्रेस सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन स्थानियतह देखी प्रदेश तथा संघलाई कानून निर्माणका सहजीकरण गर्दे कानून समाज छ दिनमा १२ जना फरार प्रतिवादी पक्राउ सहरी क्षेत्रको माटोको गुणस्तर अभिवृद्धि गर्नु जरुरी छः मन्त्री परियार मुस्ताङ भन्सारमा चार अर्ब ४१ करोड बढी राजस्व सङ्कलन कारागारमा सुरक्षाकर्मीसँग चिनजान, घरमा गएर विभत्स हत्या हेटौँडाको मुख्य सडक विस्तारको सूचना कार्यान्वयन नगर्न सर्वाेच्च अदालतको अन्तरिम आदेश विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

ताराखेतमा थकाली ‘होमस्टे’



अ+ अ-

म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–२ तोराखेतमा थकाली ‘होमस्टे’ ९घरवास० सञ्चालन भएको छ । तोराखेतका उद्यमी बिनोद भट्टचनले रत्नतारा बहुउद्देश्यीय कृषि फार्मसँगै पाहुना राख्न र स्थानीय परिकारको स्वाद चखाउन होमस्टे सञ्चालन गर्नुभएको हो । उक्त होमस्टेमा एक दिनमा २० जना पाहुना बास बस्न सक्ने क्षमता रहेको छ ।

सिङ्गा तातोपानी, टोड्के, बाबियाचौर, बरंजा, झाँक्रेपानी, दरवाङ घुम्न आउने पाहुनालाई लक्षित गरेर घरका कोठालाई व्यवस्थित गरेर घरबास सञ्चालन गरेको भट्टचनले बताउनुभयो ।

“पाहुनालाई कृषि फार्ममा उत्पादन भएको ताजा तरकारी, दूध, दही, माछा, मासु, अण्डा, स्थानीय गौरीया, गुडुरा जातको धानको भात, कोदोको ढिडो, रोटी, तरकारीका परिकारको स्वाद चखाउने गरेका छौ,” उहाँले भन्नुभयो “पुरानो घरलाई मर्मत गरेर पाहुना राख्ने कोठाहरु बनाएको छु ।”

यसअघि निर्माण व्यवसायमा सक्रीय भट्टचनको परिवारले जिल्ला सदरमुकाम बेनी बजारको बसाइँ छाडेर गाउँ फर्किएर होमस्टे चलाएको हो ।

पाहुनाहरुलाई खुवाउन स्थानीय जातका कुखुरा, बाख्रा, भैसीपालन गर्नुभएको छ । साग र तरकारी पनि फार्मबाटै उत्पादन हुन्छ । एकान्त र शान्त वातावरणमा मौलिक थकाली खानाका परिकारको स्वाद लिन सकिन्छ ।

तोराखेत गाउँ बेनी बजारदेखि १३ किलोमिटर पश्चिमतर्फ रहेको छ । प्राकृतिक उपचार स्थल सिङ्गा–तातोपानी कुण्डमा स्नान गर्न आउने पाहुनाहरु करिब पाँच किलोमिटर सडकमा सवारी साधनको यात्रापछि थकाली होमस्टेमा पुग्ने गरेका छन् ।

तोराखेत विसं २०६४ अघिसम्म व्यापारिक केन्द्र थियो । बाबियाचौर र दरवाङ सडक सञ्जालमा नजोडिँदासम्म बेनीबाट छुट्ने सवारी साधन तोराखेत पुगेर रोकिन्थे र बेनीतर्फ फर्कन्थे ।

बेनी आउने र फर्कनेदेखि मालिका, धवलागिरी र तमानखोला गाउँपालिकाका बस्तिहरुमा खाद्यान्न यहीबाट आपुर्ति हुने गर्दथ्यो । विसं २०६४ मा दरवाङ सिधा सडक सञ्जालमा जोडिएपछि ओझेलमा परेको तोराखेतमा थकाली होमस्टेले चहलपहल बढाउन थालेको छ । रासस