काठमाडौं । सरकारले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालका सबै सुरक्षाकर्मी फिर्ता बोलाएको छ।
नेपाल पतञ्जलि जग्गा प्रकरणमा भ्रष्टाचार मुद्दाका अभियुक्तसमेत रहेकाले सुरक्षाकर्मी फिर्ता गरिएको गृहस्रोतले जनाएको छ। पतञ्जलि जग्गा प्रकरणमा नेपाल ३५ लाख धरौटी रकम बुझाएर रिहा भएका हुन्।
पूर्वप्रधानमन्त्री नेपाललाई १६ सशस्त्र प्रहरी र २ जना जनपथ प्रहरी दिँदै आएको थियो। यसअघि सरकारले पूर्वप्रधानमन्त्रीद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले प्रयोग गरेका मापदण्डविपरीतका सुरक्षाकर्मी फिर्ता गराएको थियो ।










