१२ असार २०८३, शुक्रबार
,
Latest
रूस र युक्रेनबीच युद्धबन्दी सैनिक आदान–प्रदान गण्डकी प्रदेशसभा : मन्त्रालयगत विनियोजन शीर्षकमा छलफल नवजात शिशु हत्या र हाडनाता करणीका अभियुक्त पक्राउ अदालतका समाचार तथ्यपरक र सन्तुलित हुनुपर्छः प्रधानन्यायाधीश शर्मा रास्वपाका नवनिर्वाचित सभापति सहित पदाधिकारी तथा सदस्यहरूले लिए शपथ रास्वपा सभापति रवि लामिछानेले लिए शपथ भोजपुरमा डेङ्गी नियन्त्रणका लागि ‘खोज र नष्ट गर’ अभियान सुरु नेपाली समाजमा भावनात्मक रूपमा छिट्टै प्रतिक्रिया जनाउने प्रवृत्ति छः खिलराज रेग्मी रास्वपा पदाधिकारीमा को को भए निर्वाचित ? कसलाई कति मत ? मनसुन कमजोर हुँदा वर्षा औसतभन्दा कम
तपाईं के खोज्दै हुनुहुन्छ ?

फ्रान्समा कोरोना संक्रमणबाट २४ घण्टामा सयौको मृत्यु, मृतकको संख्या हजार नाघ्यो



अ+ अ-

काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणका कारण फ्रान्समा २ सय ४० जनाको ज्यान गएको छ । भाइरसका कारण फ्रान्समा मृत्यु हुनेको संख्या ११ सय पुगेको छ ।

यससँगै फ्रान्समा कोरोना भाइरसको २ हजार ४ सय ४४ नयाँ संक्रमण देखिएसंगै कोरोना भाइरसको कूल संक्रमितको संख्या २२ हजार ३ सय पुगेको छ । संक्रमण रोक्नका लागि युरोपका अन्य देश झैं फ्रान्सले पनि विभिन्न प्रकारको कडा प्रतिबन्ध लगाएको छ । १७ मार्चदेखि नै फ्रान्समा लकडाउन छ । सुरुमा यो १५ दिनका लागि थियो तर यसमा थप वृद्धि गर्ने कुरा भइरहेको छ ।