काठमाडौं । ‘जेन–जी युनाइटेड’ नामक समूहका नौ जना युवायुवती प्रधानमन्त्री सुशीला कार्कीसँग वार्तामा बसेका छन् ।
प्रधानमन्त्री र उक्त समूहबीच आज सिंहदरबारमा वार्ता भएको हो ।
गत शनिबार समूहले माइतीघर मण्डलामा प्रदर्शन गरेको थियो । प्रदर्शनका क्रममा प्रहरी प्रशासनले सहभागीहरुलाई नियन्त्रणमा लिएको थियो । सोही घटनापछि सरकार र समूहबीच संवादका लागि नौ प्रतिनिधिलाई वार्तामा बोलाइएको हो ।
यसैबीच, समूहका अन्य सदस्यहरू भने बबरमहल क्षेत्रमा प्रदर्शन गरिरहेका छन् । वार्तामा समूहका तर्फबाट राखिएका माग र सरकारको धारणा भने सार्वजनिक गरिएको छैन ।










