५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार

प्रहरी प्रभाग बुङ्गमतीको भवन पुनःनिमाण गरी हस्तान्तरण

प्रहरी प्रभाग बुङ्गमतीको भवन पुनःनिमाण गरी हस्तान्तरण
अ+ अ-

पाटन । गत भदौ २४ गतेको जेनजी आन्दोलनमा क्षति पुर्‍याइएको प्रहरी प्रभाग बुङ्गमती (भैँसेपाटी)को भवन पुनःनिर्माण गरी हस्तान्तरण गरिएको छ ।

स्थानीय र समुदायको सहकार्यमा भदौ २६ गते स्थानीय सुमन महतको संयोजकत्वमा गठन भएको पुनःनिर्माण समितिले निर्माण सम्पन्न गरी आज यहाँ औपचारिक कार्यक्रम गरेर प्रहरीलाई भवनका संरचना हस्तान्तरण गरेको हो ।

पुनःनिर्माण समिति संयोजक महतका अनुसार भदौ २६ गते गठन भएको ११ सदस्य रहेको पुनःनिर्माण समितिले २०० स्थानीय, व्यवसायी, सङ्घसंस्था र समाजसेवीबाट स्वस्फूर्तरूपमा उपलब्ध रु ४९ लाख ५४ हजार ६८ को सहयोगबाट पुनःनिर्माण सम्पन्न गरिएको हो ।

पुनःनिर्माण सम्पन्न भएको भवनको समुद्घाटन गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक दानबहादुर कार्कीले राम्रा र असल मानिसको मौनताले खराब मानिसले प्रसय पाउने बताउनुभयो । उहाँले शान्ति सुरक्षाका लागि राष्ट्रको प्रतिनिधिका रूपमा काम गर्न प्रभागको भवन पुनःनिर्माण गरी सहयोग पुर्‍याउने स्थानीयको प्रयासको प्रशंसा गर्नुभयो ।

“अप्ठ्यारो परिस्थितिमा काम गर्ने शक्ति नेपाल प्रहरी हो, आन्दोलनमा धेरै क्षति भएको थियोे र छ, देशमा धेरै रगत बगिसकेको छ, अब रगतभन्दा पनि मेहनतको पसिना बगाउनुपर्ने समय हो, यसतर्क हामी सबै मिलेर सहकार्यमा काम गर्नु आवश्यक छ”, उहाँले भन्नुभयो । उहाँले सार्वजनिक सम्पत्तिको क्षति साह्रै दुःखद् भएको उल्लेख गर्दै क्षति पुर्‍याउनेलाई कानुनी दायरामा ल्याउन कुनै कमी हुन नहुनेमा जोड दिनुभयो ।

प्रहरी वरिष्ठ उपरीक्षक होविन्द्र बोगटीले दुःखद् घटनाबाट विस्थापित भएको प्रहरी प्रभावलाई पुनःस्थापित गर्न मन, वचन र कर्मले सहयोग गर्ने सबैलाई आभार व्यक्त गर्दै शान्तिपूर्ण सभ्य समाज निर्माणका लागि अमुल्य पुन्य काम गरेको बताउनुभयो ।

आन्दोलनमा पुल्चोक र हरिसिद्धिबाट केही थान हतियारसमेत लुटिएको र सोही हतियार अझैसम्म पनि बरामद हुन नसकेको अवस्था रहेको जिल्ला प्रहरी परिसर ललितपुरका सूचना अधिकारी एवम् प्रहरी उपरीक्षक चक्र जोशी जानकारी गराउनुभयो । आन्दोलनका क्रममा ललितपुर जिल्लाभित्रका २१ वटा प्रहरी कार्यालयमा क्षति पुगेको थियोे ।

भदौ २४ गतेको आन्दोलनबाट प्रभागमा कार्यरत रहेका प्रहरीका लत्ताकपडा लुटिएकाले नेपाल महिला सङ्घकी केन्द्रीय सदस्य निरु खड्काले प्रहरीलाई ५४ सेट ट्रयाकसुट लगायतका सामग्री हस्तान्तरण गर्नुभएको प्रभागका प्रमुख प्रहरी निरीक्षक शशीधर शर्माले जानकारी दिनुभयो ।

ललितपुर महानगरपालिका–१८ का अध्यक्ष दामोदर खड्का, वडा नं २१ का अध्यक्ष रविन्द्र महर्जन, २२ का अध्यक्ष सागर तुलाधर, वडा नं २५ का अध्यक्ष दौलतकुमार खत्री र प्रगति युवा क्लवका साथै स्थानीय विशिष्ठ व्यक्तित्वको सहयोग, समन्वय तथा सहकार्यले छिटोछरितो रूपमा पुनःनिर्माणको कार्यसम्पादन हुन सकेको प्रहरी निरीक्षक शर्माले जानकारी गराउनुभयो ।