२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सेनाको बर्खास्तीमा परेका शाही जेनजी आन्दोलनमा उदण्ड मच्चाउने नाइके



‘जेनजी’ आन्दोलनको क्रममा जल्दै गरेको संसद भवन ।
अ+ अ-

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा उदण्ड मच्चाउँदै तोडफोड र आगजनी गरेको आरोपमा पक्राउ परेका एक व्यक्ति नेपाली सेनाबाट बर्खास्त रहेको तथ्य बाहिर आएको छ ।

आगजनी, तोडफोड र लुटपाटमा संलग्न रहेको आरोपमा प्रहरीले सोमबार मिनभवनबाट कञ्चनपुरको बेलौरी नगरपालिका–१ का २७ वर्षीय भुवन शाहीलाई पक्राउ गरेको थियो ।

काठमाडौंको धापासी कृष्ण मन्दिर नजिक बस्दै आएका शाही सेनाबाट बर्खास्त गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार शाही २०७४ सालमा नेपाली सेनामा प्रवेश गरेका थिए । तर, २०७५ सालमा चालकको रूपमा नक्कली लाइसेन्स पेश गरेको खुल्न आएपछि उनलाई सेनाबाट बर्खास्त गरिएको थियो ।

प्रहरी वृत्त नयाँ बानेश्वरबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो । २४ भदौको जेनजी आन्दोलनका क्रममा प्रहरी वृत्त गौशाला परिसरमा तोडफोड, आगजनी र लुटपाटमा उनी संलग्न रहेको भिडियो प्रमाण प्राप्त भएको प्रहरीले जनाएको छ ।

त्यसैगरी, उनले बानेश्वरस्थित ग्लोबल कलेजमा प्रवेश गरी लुटपाट गरेको दृश्य पनि भिडियोमा फेला परेको प्रहरीले जनाएको छ ।

फुटेजमा शाहीले प्रहरीको मोटरसाइकल, राइट कन्ट्रोल गियर, ग्लोबल कलेजमा रहेका दुई थान ट्रफी, गाडीको ड्यासबोर्डमा राख्ने गणेश मूर्ति र क्यानन कम्पनीको डीएसएलआर क्यामेरा लुटेको देखिएको प्रहरीले जनाएको छ ।

प्रहरीले शाहीविरुद्ध आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ ।