१२ असार २०८३, शुक्रबार
,
Latest
नवजात शिशु हत्या र हाडनाता करणीका अभियुक्त पक्राउ अदालतका समाचार तथ्यपरक र सन्तुलित हुनुपर्छः प्रधानन्यायाधीश शर्मा रास्वपाका नवनिर्वाचित सभापति सहित पदाधिकारी तथा सदस्यहरूले लिए शपथ रास्वपा सभापति रवि लामिछानेले लिए शपथ भोजपुरमा डेङ्गी नियन्त्रणका लागि ‘खोज र नष्ट गर’ अभियान सुरु नेपाली समाजमा भावनात्मक रूपमा छिट्टै प्रतिक्रिया जनाउने प्रवृत्ति छः खिलराज रेग्मी रास्वपा पदाधिकारीमा को को भए निर्वाचित ? कसलाई कति मत ? मनसुन कमजोर हुँदा वर्षा औसतभन्दा कम अझै कालोपत्र भएन लोकमार्ग, यात्रु र स्थानीयलाई सधैँ सास्ती लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसार नियन्त्रण गर्न बलियो कानूनी संरचना आवश्यकः सभापति थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

लकडाउनको उल्लंघन गर्ने १२ जनालाई मुर्गा बनाएपछि…



अ+ अ-

बुटवल । लकडाउनको उल्लंघन गर्दै साइकल चलाउने १२ जनालाई प्रहरीले ‘मुर्गा’ बनाएर सजाय दिएको छ । ड्युटीमा रहेका ट्राफिक प्रहरीले बुधबार भैरहवाको देवकोटा चोकबाट पवन मिष्ठान्न भण्डार जाने सडकमा उनीहरुलाई ‘मुर्गा’ बनाएका हुन् ।

प्रहरीले मोटरसाइकल र अन्य चारपांङ्ग्रे सवारी साधनलाई कारवाही नगरेको तर साइकलयात्रीलाई ‘मुर्गा’ बनाएर बहादुरी देखाएको स्थानीय व्यवसायी किस्मत विकले बताए । यता जिल्ला प्रहरी प्रमुख एसपी हेमकुमार थापाले आफ्ना प्रहरीले यस्तो काम नगरेको दाबी गरेका छन् ।

प्रदेश ५ ट्राफिक प्रहरी कार्यालयका प्रमुख मधुसुदन लुइँटेलले घटनाबारे आफूलाई जानकारी आइनसकेको बताउँदै यसबारे बुझ्ने बताए ।

उनले बिहान १० बजेसम्म प्रदेशका विभिन्न जिल्लामा लकडाउन उल्लंघन गरेका २ सय १६ वटा सवारी साधन नियन्त्रणमा लिइएको जानकारी दिए ।