२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

म पनि घरमा बसेर सरकार सञ्चालन गरिरहेको छु, तपाईं पनि घरमै बस्नुस् : प्रधानमन्त्री



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउनका बेला नेपाली जनतालाई घरमै बसिदिन आग्रह गरेका छन् । प्रधानमन्त्री ओलीले आफू पनि घरमै बसेर सरकार सञ्चालन गरिरहेको उल्लेख गर्दै नेपाली जनतालाई घरमै बसिदिन आग्रह गरेका हुन् ।

बुधबार प्रधानमन्त्री ओलीले फोटोसहित ट्वीट गर्दै लकडाउनका बेला पनि सुरक्षित रहन आग्रह गरेका हुन्।

‘हामी सबै अहिले लकडाउनमा छौं,’ उनले भने, ‘अर्को घोषणा नहुञ्जेल घरमै बस्नुस्।’ सरकारले चैत १८ गतेसम्म लकडाउन घोषणा गरेको छ।