२० मंसिर २०८२, शनिबार
,
Latest
दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्वाचन सफल पार्न सरकार प्रतिवद्धताकासाथ लागेको छः सञ्चारमन्त्री खरेल



अ+ अ-

काठमाडौँ: सञ्चार तथा सूचना प्रविधिमिन्त्री जगदीश खरेलले वर्तमान सरकार फागुन २१ मा घोषित प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गर्न प्रतिवद्धताका साथ लागि परेको बताउनुभएको छ ।

ललितपुरको इमाडोलस्थित (इभी दह) बोजेपोखरीमा छठ पूजा व्यवस्थापन समाजले सोमबार आयोजना गरेको छठ पूजामा कार्यक्रममा बोल्दै मन्त्री खरेलले निर्वाचन सफल बनाउन र मुलुकमा सुशासन कायम तथा भ्रष्ट्राचार नियन्त्रणका लागि सरकारले कुनै कसर बाँकी नराख्ने विश्वास व्यक्त गर्नुभयो ।

सञ्चारमन्त्री खरेलले भन्नुभयो,“अहिलेको सरकार खासगरी निर्वाचन गर्ने सन्दर्भमा, सुशासन कायम गरेर भ्रष्ट्राचार नियन्त्रण गर्ने तथा जेनजी आन्दोलको क्रममा भएको धन जनको क्षतिको अनुसन्धान गरि कारबाहीको प्रक्रिया अगाडि बढाउन लागेको छ ।”

मन्त्री खरेलले छठ पर्व सम्पूर्ण नेपालीहरुको राष्ट्रिय गौरव र आत्मियताको पर्व रहेको उल्लेख गर्नुभयो । “छठ तराई–मधेशबासीको मात्रै पर्व रहेन । यो सम्पूर्ण नेपालीहरुको राष्ट्रिय गौरव, आत्मियताको पर्व र पवित्रताको प्रतिक पनि रहेको छ । यस पर्वको उपलक्षमा म सम्पूर्ण नेपालीहरुमा हार्दिशक मंगलमय शुभकामना व्यक्त गर्दछु । छठीया माताले देशकमा शुख, शान्ति र समृद्धिको लागि हामीलाई आशिर्वाद प्रदान गर्नुहुनेछ भन्ने कामना पनि गर्दछु”, उहाँले भन्नुभयो ।

सञ्चारमन्त्री खरेलले महालक्ष्मी नगरपालिकालाई अझै सुन्दर, व्यवस्थित र समृद्ध बनाउन बनाउन सबै लाग्नुपर्नेमा जोडा दिनुभयो । उहाँले अगाडि थप्नुभयो,“आज बोजेपोखरी सुन्दर र शान्त भएकाले हामी तमाम नगरबासीहरु जम्मा भएर छठ पर्व मनाइरहेका छौँ, यसलाई अझै हर्षोल्लासका साथ मनाउनका लागि सबैमा अनुरोध गर्न चाहन्छु ।”

सञ्चारमन्त्री खरेलले साँझ बोजेपोखरीमा आयोजित छठ पूजामा सहभागी भई छठी माताको दर्शन गर्नुका साथै पूजा आराधना गर्नुभयो । साथै उहाँले छठ पूजा कार्यक्रमको अवलोकनसमेत गर्नुभयो । सञ्चारमन्त्रीलाई छठ पूजा व्यवस्थापन समाजका पदाधिकारी र स्थानीयबासीले स्वागत गर्नुभएको थियो । कार्यक्रममा महालक्ष्मी नगरपालिकाका उपप्रमुख लक्ष्मी महर्जनको पनि उपस्थिति थियो ।

छठ पूजा व्यवस्थापन समाजका अध्यक्ष उमेश्वर यादवले विगतका वर्षहरुदेखिनै बोजेपोखरीमा छठ पूजा गरिदैँ आएको बताउनुभयो । उहाँले छठ पूजा प्रकृतिको पूजा खासगरी मानव मानवलाई जोड्ने माध्यम भएको उल्लेख गर्नुभयो । अध्यक्ष यादवले सञ्चारमन्त्री खरेलले बोजेपोखरीमा आयोजित छठ पूजामा सहभागी भएर हौशला प्रदान गर्नुभएकोमा खुशी व्यक्त गर्नुभयो ।

उहाँले बोजेपोखरीमा वर्षेनी धेरै संख्यामा भक्तजनहरु आउने भएकाले घाट साँघुरो हुदा पूजा व्यवस्थापनमा समस्या भइरहेको भन्दै यसलाई आगामी दिनमा थप प्रभावकारी बनाइनुपर्नेमा जोड दिनुभयो । महालक्ष्मी नगरपालिका वडा नं ३, बोजेपोखरी संरक्षण तथा विकास समिति र बोजेपोखरी खानेपानी तथा सरसफाई समितिको सहकार्यमा समाजले छठ पूजा आयोजना गरेको हो ।

सोमबार साँझ अस्ताउदो सूर्यलाई अर्घ दिएर सुरु भएको छठ पूजा मंगलबार विहान उदाउदो सूर्यलाई अर्घ दिएर समापन गरिन्छ ।