२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

काबुलस्थित शिख मन्दिरमा भिषण हमला, २७ व्यक्तिको मृत्यु



अ+ अ-

काबुल । अफगानिस्तानको राजधानी काबुलस्थित एक शिख मन्दिरमा भएको आक्रमणमा परी २७ जनाको मृत्यु भएको छ । काबुलको गुरूद्वार (मन्दिर)मा आत्मघाती बम हमला गर्नुका साथै बन्दुकधारीले अन्धाधुन्ध आक्रमण गरेका थिए । तालिवान बिद्रोहीले बुधबारको यो आक्रमणमा आफ्नो संलग्नता अस्वीकार गरेको छ ।

फाइल तस्वीर

काबुलको मध्यक्षेत्र शोर्बाजारमा रहेको मन्दिरमा स्थानीय समय अनुसार बिहान ७ः४५ मा आक्रमण भएको थियो । इस्लामिक स्टेटसम्वद्ध एक अफगानी समूहले आक्रमण गरेको उक्त समूहले दावी गरेको छ । आक्रमण भएको समयमा १५० जना श्रद्धालु मन्दिरभित्र रहेका अफगानी अधिकारीले बताए ।

घटनास्थलबाट केही मानिसलाई घाइते अवस्थामा उद्धार गरिएको थियो तर सङ्ख्याबारे विभिन्न सञ्चारमाध्यमले फरक फरक रिपोर्ट दिएका छन् । एएनआईलाई अफगान सुरक्षा स्रोतले दिएको जानकारीमा घटनामा २७ जनाको मृत्यु भएको र अन्य आठ जना घाइते भएको उल्लेख छ ।

अफगान सुरक्षाकर्मीका अनुसार घटनास्थलमा रहेका आक्रमणकारी सबै चार जनाको हमलापछि गरिएको सुरक्षा कारबाहीमा मृत्यु भएको छ ।