२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पैसा कमाउन दुबई गएको छोरा जब घरमा आएको १४ दिनपछि बाबुनै…



अ+ अ-

सिन्धुली । सिन्धुलीमा आज थप एक जनालाई आइसोलेशनमा भर्ना गरिएको छ।

कमलामाई नगरपालिका १२ का एक पुरुषलाई उच्च ज्वरो आएपछि आइसोलेशनमा भर्ना गरिएको हो।

सिन्धुली अस्पतालका डा प्रसन्न राजभण्डारीका अनुसार ती व्यक्ति उच्च ज्वरो आएपछि आज अस्पतालमा आएका थिए। उनमा १०४ डिग्री ज्वरो, खोकीलगायत लक्षण रहेकाले आइसोलेशनमा राखेर उपचार गरिएको राजभण्डारीले बताए।

राजभण्डारीका अनुसार ती बिरामीका छोरा १४ दिनअघि दुबईबाट नेपाल आएका थिए। उनी परिवारको सम्पर्कमा आएको चार दिनपछि पिता बिरामी परेका हुन्।

उनलाई कोरोना सङ्क्रमण हुन सक्ने आशङ्कामा आइसोलेशनमा राखी उपचार गरिएको र स्वाब परीक्षणका लागि काठमाडौँ पठाउने तयारी भएको डा राजभण्डारीले बताए।

बिरामीका परिवारलाई सम्पर्क गर्ने कोशिश भइरहेको र फेला परेपछि सेफ क्वारेन्टाइनमा राखेर निगरानी गरिने छ। अस्पतालले मङ्गलबार कमलामाई २ का एक १९ वर्षीय युवकलाई आइसोलेशनमा राखेर उपचार शुरु गरेको थियो। भारतमा नै ज्वरो आएको अवस्थामा उनी घर आएका थिए ।