१२ असार २०८३, शुक्रबार
,
Latest
उद्योग मन्त्रालयद्वारा शासकीय सुधारका ३२ कार्य सम्पन्न बारेकोटलाई रु २३ लाख ६० हजारको राहत सामग्री हस्तान्तरण सबै सञ्चारमाध्यमले समान रूपमा विज्ञापनको अधिकार पाउनेछन्ः मुख्यमन्त्री कार्की सवारी दुर्घटना न्यूनीकरण गर्न १६ लाख बढीलाई ट्राफिक सचेतना दुई राउन्ड गोलीसहित दुई जना युवालाई पक्राउ ऊर्जामन्त्री श्रेष्ठद्वारा जलविद्युत् आयोजना र गलेश्वर पहिरो क्षेत्रको निरीक्षण शुक्रबार समूह चरणका निर्णायक खेल हुँदै : एमबाप्पे र हाल्यान्ड भिड्दै रूस र युक्रेनबीच युद्धबन्दी सैनिक आदान–प्रदान गण्डकी प्रदेशसभा : मन्त्रालयगत विनियोजन शीर्षकमा छलफल नवजात शिशु हत्या र हाडनाता करणीका अभियुक्त पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरनाबाट विश्वभर ज्यान गुमाउनेको संख्या २१ हजार नाघ्यो, २४ घण्टामा इटलीमा ६८३ जनाको मृत्यु



अ+ अ-

काठमाडौं । विश्वभर कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या २१ हजार नाघेको छ । वर्ल्डोमिटर तथा जोन होप्किन्स युनिभर्सिटीले तयार गरेको डाटा अनुसार मृतकको संख्या २१ हजार १ सय ९८ पुगेको छ भने ४ लाख ६८ हजार ८ सय ७ मा कोरोनाको संक्रमण देखिएको छ ।

गत वर्ष नोभेम्बरमा चीनबाट सुरु भएको कोरोनाको संक्रमण फैलने डरले एक तिहाई जनसंख्या घरभित्रै छन् । विश्वको दोस्रो धेरै जनसंख्या भएको देश भारतमा पनि २१ दिनका लागि लकडाउनको घोषणा गरिएको छ ।

दक्षिणी युरोपलाई कोरोना भाइरसलाई सबैभन्दा धेरै क्षती पुर्याएको छ । कोरोना भाइरसको सुरुवात भएको चीनमा भन्दा मृत्यु हुनेको संख्या इटली र स्पेनमा बढी रहेको छ । इटलीमा पछिल्लो २४ घण्टामा ६ सय ८३ जनाको मृत्यु भएको छ भने स्पेनमा ६ सय ५६ जनाको मृत्यु भएको छ ।

बुधबार फ्रान्समा पनि कोरोना भाइरसको संक्रमणका कारण २ सय ३१ को मृत्यु भयो । यसका साथै फ्रान्समा अहिलेसम्म मृतकको संख्या १ हजार ३ सय ३१ पुगेको छ । यहाँ कूल २५ हजार २ सय ३३ संक्रमित छन् । यीमध्ये २ हजार ८ सय २७ को स्थिती नाजुक छ ।