१२ असार २०८३, शुक्रबार
,
Latest
सवारी दुर्घटना न्यूनीकरण गर्न १६ लाख बढीलाई ट्राफिक सचेतना दुई राउन्ड गोलीसहित दुई जना युवालाई पक्राउ ऊर्जामन्त्री श्रेष्ठद्वारा जलविद्युत् आयोजना र गलेश्वर पहिरो क्षेत्रको निरीक्षण शुक्रबार समूह चरणका निर्णायक खेल हुँदै : एमबाप्पे र हाल्यान्ड भिड्दै रूस र युक्रेनबीच युद्धबन्दी सैनिक आदान–प्रदान गण्डकी प्रदेशसभा : मन्त्रालयगत विनियोजन शीर्षकमा छलफल नवजात शिशु हत्या र हाडनाता करणीका अभियुक्त पक्राउ अदालतका समाचार तथ्यपरक र सन्तुलित हुनुपर्छः प्रधानन्यायाधीश शर्मा रास्वपाका नवनिर्वाचित सभापति सहित पदाधिकारी तथा सदस्यहरूले लिए शपथ रास्वपा सभापति रवि लामिछानेले लिए शपथ
तपाईं के खोज्दै हुनुहुन्छ ?

लकडाउन ठीक हो, तर सरकारले ज्यालादारीलाई राहत दिनुपर्छ : सभापति देउवा



अ+ अ-

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लकडाउनका बेला दैनिक ज्यालादारी र न्यून आय भएकाहरूको दैनिक गुजारा चलाउने प्रबन्ध भने सरकारले गरिदिनुपर्ने बताएका छन् । बिहीबार देउवाले कोरोना संक्रमणबाट बच्न लकडाउन उत्तम विकल्प हुँदाहुँदै भोकभरीको सिकार बन्न नपरोस् भनेका छन्।

उनले मजदूरका लागि राहत प्याकेज ल्याउन पनि माग गरेका छन्।

‘कोरोनाबाट सुरक्षित हुँदाहुँदै कुनै समूह भोकमरीको सिकार बन्न नपरोस्। म सरकारलाई दैनिक ज्यालादारीमा निर्भर रहेका र न्यून आय भएकालाई तत्काल विशेष राहत प्याकेज घोषणा गर्न अनुरोध गर्दछु,’ देउवाले भनेका छन्।