२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

तेस्रो संक्रमितसँगै विमानमा १६९ यात्रु आएको खुलासा



अ+ अ-

काठमाडौं । कोरोना भाइरसको संक्रमण देखिएका तेस्रो व्यक्ति सवार एयर अरेबियाको विमानमा १६९ यात्रु रहेको पाइएको छ । चैत ६ गते एयर अरेबियाको उडान नम्बर जी-९५३७ विमानमा आएका धादिङका ३२ वर्षका पुरुषमा संक्रमण पुष्टि भएको थियो ।

कोरोना संक्रमण पुष्टि भएसंगै प्रहरीले उनि सवार विमानमा आएका तथा काठमाडौंको होटलमा बसेकाहरुको पहिचान गर्न थालिएको छ । स्रोतकाअनुसार एयर अरेबियाको उडान नम्बर जी-९५३७ मा उनीसहित १७० जना यात्रु थिए ।

अध्यागमन विभागले उनीहरुको सूची तयार पारेर प्रहरीलाई पठाएको छ । अब प्रहरीले उनीहरुसँग सम्पर्क स्थापित गरेर होम क्वारेन्टाइनमा बस्न र परीक्षण गराउन भन्ने छ ।