१३ भाद्र २०८३, शनिबार
,
Latest
राज्यका सबै किमिसका संयन्त्रबाट प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता चार दिनपछि रसुवाको टिमुरेमा सात वर्षीया बालिकाको जीवितै उद्धार चार दिनपछि रसुवाको टिमुरेमा सात वर्षीया बालिकाको जीवितै उद्धार बाढी प्रभावित क्षेत्रमा खोजी र शव व्यवस्थापन चुनौतीपूर्णः ‘रेफ्रिजरेटर कन्टेनर’ र विशेष उपकरण अभावः नेपाल… बाढी–पहिरोपछि शव व्यवस्थापन र महामारी नियन्त्रणमा सरकार केन्द्रित, नयाँ निर्देशिका स्वीकृत रसुवा घटना ‘विनाशको लीला’ हो, दुःखद् छः माधव नेपाल कम्युनिस्ट पार्टीले सत्ताभन्दा जनजीविका र वैचारिक संघर्षलाई प्राथमिकता दिनुपर्छः नेता यादव परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ बीच टेलिफोन वार्ता भोटेकोशी बाढीपीडितको उद्धार तथा राहतमा जुट्न एएनओको अपिल बैधानिक कार्यसमितिले गराउने अधिवेशन तथा महाधिवेशनको तयारीमा जुट्न शशांकको अपील
तपाईं के खोज्दै हुनुहुन्छ ?

शान्तिसुरक्षाको अवस्था र निर्वाचन तयारीबारे जानकारी लिन गृहमन्त्री मधेस जाने



अ+ अ-

काठमाडौँ:  गृहमन्त्री ओमप्रकाश अर्याल शान्तिसुरक्षाको अवस्था र चुनावका लागि आवश्यक तयारीबारे जानकारी लिन मधेस प्रदेशको भ्रमणमा जानुहुने भएको छ ।

उहाँसँगै भ्रमण दलमा उद्योग, वाणिज्य तथा आपूर्ति र कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हा, युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता र गृहसचिव रामेश्वर दङ्गाल पनि रहनु प्रधानमन्त्रीका प्रेस संयोजक रामबहादुर रावलले जानकारी दिनुभयो ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि आवश्यक सुरक्षा व्यवस्थाबारे बुझ्न उहाँहरू सोमबार जनकपुर प्रस्थान गर्ने कार्यक्रम तय भएको रावलले बताउनुभयो ।

सोमबार र मङ्गलबार त्यहाँ रहँदा मन्त्री अर्यालसहितको टोलीले सुरक्षा निकायका विभिन्न कार्यालय अवलोकन, सरकारी कार्यालयका प्रमुखहरूसँग अन्तरक्रिया गर्नुहुने र छठसम्बन्धी कार्यक्रममा पनि सहभागी हुने संयोजक रावलले जानकारी दिनुभयो ।




भर्खरै