२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोना प्रकोप : भारतले तीन महिनासम्म ८० करोड जनतालाई सित्तैमा खाना दिने



अ+ अ-

काठमाडौं । विश्वभर माहामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट प्रभावित भारतले ८० करोड जनतालाई तीन महिनाका सित्तैमा खाना दिइने भएको छ। बिहीबार दिउँसो पत्रकार सम्मेलन गर्दै अर्थमन्त्री निर्मला सीतारमणले भारतीयहरूको खाद्यान्न र अन्य खर्चमा १.७ खर्ब भारतीय रुपैयाँको राहत प्याकेज घोषणा गरेको हुन् ।

कोरोना भाइरसको संक्रमण नफैलियोस् भनेर भारतमा बुधबारदेखि २१ दिने लक डाउन लागू गरिएको छ। लक डाउनका कारण निम्न आय भएका भारतीय मर्कामा पर्ने भन्दै रासन कार्डवालाहरूलाई तीन महिनासम्म सित्तैमा खाद्यान्न उपलब्ध गराउने निर्णय गरिएको हो।

अर्थमन्त्री सीतारमणले तीन महिनासम्म हरेक व्यक्तिलाई पाँच किलो आटारचामल र एक किलो दाल दिने बताइन्। रासन कार्डवालाहरूले यसअघि नै पाँच किलो चामलरआटा सित्तैमा पाउँदै आएका थिए।

सबै गरिब महिलाहरूलाई मासिक एउटा ग्यास सिलिन्डर दिइने उनको भनाइ छ।