१२ असार २०८३, शुक्रबार
,
Latest
उद्योग मन्त्रालयद्वारा शासकीय सुधारका ३२ कार्य सम्पन्न बारेकोटलाई रु २३ लाख ६० हजारको राहत सामग्री हस्तान्तरण सबै सञ्चारमाध्यमले समान रूपमा विज्ञापनको अधिकार पाउनेछन्ः मुख्यमन्त्री कार्की सवारी दुर्घटना न्यूनीकरण गर्न १६ लाख बढीलाई ट्राफिक सचेतना दुई राउन्ड गोलीसहित दुई जना युवालाई पक्राउ ऊर्जामन्त्री श्रेष्ठद्वारा जलविद्युत् आयोजना र गलेश्वर पहिरो क्षेत्रको निरीक्षण शुक्रबार समूह चरणका निर्णायक खेल हुँदै : एमबाप्पे र हाल्यान्ड भिड्दै रूस र युक्रेनबीच युद्धबन्दी सैनिक आदान–प्रदान गण्डकी प्रदेशसभा : मन्त्रालयगत विनियोजन शीर्षकमा छलफल नवजात शिशु हत्या र हाडनाता करणीका अभियुक्त पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोना प्रकोप : भारतले तीन महिनासम्म ८० करोड जनतालाई सित्तैमा खाना दिने



अ+ अ-

काठमाडौं । विश्वभर माहामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट प्रभावित भारतले ८० करोड जनतालाई तीन महिनाका सित्तैमा खाना दिइने भएको छ। बिहीबार दिउँसो पत्रकार सम्मेलन गर्दै अर्थमन्त्री निर्मला सीतारमणले भारतीयहरूको खाद्यान्न र अन्य खर्चमा १.७ खर्ब भारतीय रुपैयाँको राहत प्याकेज घोषणा गरेको हुन् ।

कोरोना भाइरसको संक्रमण नफैलियोस् भनेर भारतमा बुधबारदेखि २१ दिने लक डाउन लागू गरिएको छ। लक डाउनका कारण निम्न आय भएका भारतीय मर्कामा पर्ने भन्दै रासन कार्डवालाहरूलाई तीन महिनासम्म सित्तैमा खाद्यान्न उपलब्ध गराउने निर्णय गरिएको हो।

अर्थमन्त्री सीतारमणले तीन महिनासम्म हरेक व्यक्तिलाई पाँच किलो आटारचामल र एक किलो दाल दिने बताइन्। रासन कार्डवालाहरूले यसअघि नै पाँच किलो चामलरआटा सित्तैमा पाउँदै आएका थिए।

सबै गरिब महिलाहरूलाई मासिक एउटा ग्यास सिलिन्डर दिइने उनको भनाइ छ।