१२ असार २०८३, शुक्रबार
,
Latest
शुक्रबार समूह चरणका निर्णायक खेल हुँदै : एमबाप्पे र हाल्यान्ड भिड्दै रूस र युक्रेनबीच युद्धबन्दी सैनिक आदान–प्रदान गण्डकी प्रदेशसभा : मन्त्रालयगत विनियोजन शीर्षकमा छलफल नवजात शिशु हत्या र हाडनाता करणीका अभियुक्त पक्राउ अदालतका समाचार तथ्यपरक र सन्तुलित हुनुपर्छः प्रधानन्यायाधीश शर्मा रास्वपाका नवनिर्वाचित सभापति सहित पदाधिकारी तथा सदस्यहरूले लिए शपथ रास्वपा सभापति रवि लामिछानेले लिए शपथ भोजपुरमा डेङ्गी नियन्त्रणका लागि ‘खोज र नष्ट गर’ अभियान सुरु नेपाली समाजमा भावनात्मक रूपमा छिट्टै प्रतिक्रिया जनाउने प्रवृत्ति छः खिलराज रेग्मी रास्वपा पदाधिकारीमा को को भए निर्वाचित ? कसलाई कति मत ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

राति नेपाली आकासमा देखिएको चम्किलो वस्तु उल्का हुनसक्छ – नासो



अ+ अ-


काठमाडौं । नेपाली आकासमा गएराति एक अति चम्किलो बस्तु देखिएको थियो । विशेषगरी पश्चिम नेपालका नागरिकले आकासमा यस्तो उज्यालो के देखियो भनेर फेसबुकमा निकै चासो व्यक्त गरेका थिए ।

कोरोनाको त्रासल घरमा लकडाउनको अवस्थामा बसेका नागरिक एक्कासी आकासमा चम्किलो वस्तु देखेपछि डराएर यस्तो वस्तु के हो भनी बडो उत्सुकताका साथ व्यक्त गरेका थिए ।

त्यो चम्किलो वस्तु उल्का पिण्ड हुन सक्ने नेपाल एष्ट्रोनोमिकल सोसाईटि (नासो) ले जनाएको छ ।
बिहीबार अबेर नासोले विज्ञप्ति जारी गरी गण्डकी प्रदेशमा खसेको हुन सक्ने भएकाले आफ्नो वरपर केही खसेको जानकारी भए जानकारी गराउन समेत आग्रह गरेको छ ।

नासोले विज्ञप्तिमा भनेको सबै भन्दा ठूलो आवाज सुनेको ठाउँतिर खसेको हुनाले जानकारी गराएर अनुसन्धानमा सहयोग गर्न अनुरोध गर्दछौ ।

विहीबार साँझ सामाजिक सञ्जालमार्फत आकासबाट आगोसँगै केहि खसेको र आवाज आएकोबारे चर्चा भएको थियो । उक्त चर्चालाई थप आधार दिँदै नासोले विज्ञप्ति जारी गरेको हो ।