१२ असार २०८३, शुक्रबार
,
Latest
ऊर्जामन्त्री श्रेष्ठद्वारा जलविद्युत् आयोजना र गलेश्वर पहिरो क्षेत्रको निरीक्षण शुक्रबार समूह चरणका निर्णायक खेल हुँदै : एमबाप्पे र हाल्यान्ड भिड्दै रूस र युक्रेनबीच युद्धबन्दी सैनिक आदान–प्रदान गण्डकी प्रदेशसभा : मन्त्रालयगत विनियोजन शीर्षकमा छलफल नवजात शिशु हत्या र हाडनाता करणीका अभियुक्त पक्राउ अदालतका समाचार तथ्यपरक र सन्तुलित हुनुपर्छः प्रधानन्यायाधीश शर्मा रास्वपाका नवनिर्वाचित सभापति सहित पदाधिकारी तथा सदस्यहरूले लिए शपथ रास्वपा सभापति रवि लामिछानेले लिए शपथ भोजपुरमा डेङ्गी नियन्त्रणका लागि ‘खोज र नष्ट गर’ अभियान सुरु नेपाली समाजमा भावनात्मक रूपमा छिट्टै प्रतिक्रिया जनाउने प्रवृत्ति छः खिलराज रेग्मी
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेडिकल सामाग्री लिन नेपाली जहाज भोलि चीन जादै



अ+ अ-


काठमाडौं । विश्वव्यापी रुपमा प्राणघातक बन्दै गएको कोरोना भाइरसको परीक्षणका लागि आवश्यक पर्ने कीट र पीपीई लगायतका अन्य औषधिजन्य सामाग्रीहरु लिनका लागि नेपाली जहाज भोलि शनिबार चीन जाँदेछ । नेपाल वायु सेवा निगमको ए–३३२ वाइडबडी विमान शनिबार चीनको ग्वाङझाओ जान लागेको सरकारले जनाएको छ ।

स्रोतका अनुसार नेपाल एयरलाइन्सको बाइडबडी विमान भोलि शनिबार काठमाडौंबाट ग्वाङझाओका लागि उड्ने तयारी गरिरहेको हो ।

विमानस्थलको भन्सार कार्यालयले सो समाचारको पुष्टि गरेको छ । उक्त कार्यालयले औषधिजन्य सामाग्री लिनका लागि शनिबार फ्लाइट नम्बर आरएनए ४१७१ को उडानमा चार्टर्ड विमान शनिबार ग्वाङझाओ जान लागेको बताएको हो ।

उक्त कार्यालय स्रोले सो वाइडबडी विमानले भेन्टिलेटरलगायतका सामग्रीसमेत ल्याउन लागेको जानकारी पनि दिएको छ ।
यसअघि पनि सोही विमानले चीनमा कोरोना भाइरसको संक्रमण फैलिएपछि त्यहाँ रहेका नेपालीहरुलाई ल्याएको थियो ।