२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेडिकल सामाग्री लिन नेपाली जहाज भोलि चीन जादै



अ+ अ-


काठमाडौं । विश्वव्यापी रुपमा प्राणघातक बन्दै गएको कोरोना भाइरसको परीक्षणका लागि आवश्यक पर्ने कीट र पीपीई लगायतका अन्य औषधिजन्य सामाग्रीहरु लिनका लागि नेपाली जहाज भोलि शनिबार चीन जाँदेछ । नेपाल वायु सेवा निगमको ए–३३२ वाइडबडी विमान शनिबार चीनको ग्वाङझाओ जान लागेको सरकारले जनाएको छ ।

स्रोतका अनुसार नेपाल एयरलाइन्सको बाइडबडी विमान भोलि शनिबार काठमाडौंबाट ग्वाङझाओका लागि उड्ने तयारी गरिरहेको हो ।

विमानस्थलको भन्सार कार्यालयले सो समाचारको पुष्टि गरेको छ । उक्त कार्यालयले औषधिजन्य सामाग्री लिनका लागि शनिबार फ्लाइट नम्बर आरएनए ४१७१ को उडानमा चार्टर्ड विमान शनिबार ग्वाङझाओ जान लागेको बताएको हो ।

उक्त कार्यालय स्रोले सो वाइडबडी विमानले भेन्टिलेटरलगायतका सामग्रीसमेत ल्याउन लागेको जानकारी पनि दिएको छ ।
यसअघि पनि सोही विमानले चीनमा कोरोना भाइरसको संक्रमण फैलिएपछि त्यहाँ रहेका नेपालीहरुलाई ल्याएको थियो ।