२८ भाद्र २०८३, आईतवार
,
Latest
ब्रिक्सको प्रभाव र सहकार्य विस्तार गर्न राष्ट्रपति सीद्वारा पाँच प्रस्ताव बाँकेमा दुई हजार आठ सय बढी नयाँ रोजगारी सिर्जना विश्वव्यापी आपूर्ति दबाबबीच सिरियामा इन्धनको मूल्य बढ्यो अस्करमा नेपालको प्रतिनिधित्व गर्ने ‘तिनीहरू’लाई प्रधानमन्त्री शाहको बधाई बाढीमा बगेका विद्यालय चलाउन ठाउँकै पिरलो एउटै खेलमा कप्तान लामिछानेको नाममा तीन उपलब्धि एआई प्रविधिबाट ट्राफिक व्यवस्थापन गर्न प्रहरी प्रमुख कार्कीको जोड पिनोचेको तानाशाहीविरुद्ध प्रदर्शनमा चिलीमा २८४ पक्राउ एमाले कार्यदलको विवाद मिलाउन काभ्रेमा आवासीय बैठक माछापालन व्यवसायबाट वार्षिक १५ लाख बचत
तपाईं के खोज्दै हुनुहुन्छ ?

रहेनन् कांग्रेस महासमिति सदस्य लामा



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका महासमिति सदस्य गजेन्द्रकुमार लामाको निधन भएको छ । कांग्रेस काठमाडौं क्षेत्र नं ३ का महासमिति सदस्य लामाको बिहीबार भारतको मेदान्त अस्पतालमा कलेजो प्रत्यारोपणपछि उपचारका क्रममा निधन भएको हो ।

लुम्बिनी विकास कोषका पूर्वउपाध्यक्षसमेत रहेका लामा महेन्द्र बौद्ध माध्यामिक विद्यालय व्यवस्थापन समिति तथा चक्रबहादुर ठकुरी फाउण्डेशनका अध्यक्ष थिए । संयुक्त अधिराज्य बेलायतबाट स्नातकोत्तर उत्तीर्ण लामा बौद्धधर्मका ज्ञातासमेत थिए ।

दिवंगत लामाका श्रीमती, एक छोरा, एक छोरी छन् ।