२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

रहेनन् कांग्रेस महासमिति सदस्य लामा



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका महासमिति सदस्य गजेन्द्रकुमार लामाको निधन भएको छ । कांग्रेस काठमाडौं क्षेत्र नं ३ का महासमिति सदस्य लामाको बिहीबार भारतको मेदान्त अस्पतालमा कलेजो प्रत्यारोपणपछि उपचारका क्रममा निधन भएको हो ।

लुम्बिनी विकास कोषका पूर्वउपाध्यक्षसमेत रहेका लामा महेन्द्र बौद्ध माध्यामिक विद्यालय व्यवस्थापन समिति तथा चक्रबहादुर ठकुरी फाउण्डेशनका अध्यक्ष थिए । संयुक्त अधिराज्य बेलायतबाट स्नातकोत्तर उत्तीर्ण लामा बौद्धधर्मका ज्ञातासमेत थिए ।

दिवंगत लामाका श्रीमती, एक छोरा, एक छोरी छन् ।