१२ असार २०८३, शुक्रबार
,
Latest
रास्वपा देशकै प्रमुख शक्तिका रूपमा परिपक्व भएर अगाडि बढ्छ : सभापति लामिछाने उद्योग मन्त्रालयद्वारा शासकीय सुधारका ३२ कार्य सम्पन्न बारेकोटलाई रु २३ लाख ६० हजारको राहत सामग्री हस्तान्तरण सबै सञ्चारमाध्यमले समान रूपमा विज्ञापनको अधिकार पाउनेछन्ः मुख्यमन्त्री कार्की सवारी दुर्घटना न्यूनीकरण गर्न १६ लाख बढीलाई ट्राफिक सचेतना दुई राउन्ड गोलीसहित दुई जना युवालाई पक्राउ ऊर्जामन्त्री श्रेष्ठद्वारा जलविद्युत् आयोजना र गलेश्वर पहिरो क्षेत्रको निरीक्षण शुक्रबार समूह चरणका निर्णायक खेल हुँदै : एमबाप्पे र हाल्यान्ड भिड्दै रूस र युक्रेनबीच युद्धबन्दी सैनिक आदान–प्रदान गण्डकी प्रदेशसभा : मन्त्रालयगत विनियोजन शीर्षकमा छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोना बिरुद्ध लड्नुपर्ने स्वास्थ्य मन्त्रालयका उच्चअधिकारी आफै लडाईमा उत्रिएपछि….



अ+ अ-


काठमाडौ ।कोरोनाका कारण मुलुक लकडाउनको अवस्थामा रहेको बेला समन्वय गरी समस्यालाई सहजीकरण गर्नुपर्ने स्वास्थ्य मन्त्रालयमा सचिव यादव कोईराला र स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठबीच मन्त्री भानुभक्त ढकालकै अगाडि भनाभन भएको छ । सचिव कोईराला र महानिर्देशक श्रेष्ठ बिच तँ तँ र म म हुँँदा मन्त्री ढकालले कुनै हस्तक्षेप गरेनन् । जसका कारण कोरोना नियन्त्रणका लागि भैरहेका अन्य काममा पनि समन्वय हुन सकेको छैन । सञ्चारमाध्याममा बढी प्रचारमुखी हुने तर सही व्यवस्थापन नगर्दा मातहतका निकाय पनि अन्योलबीच नै काम गरिरहेका छन् ।

यसअघि पनि मन्त्री भानुभक्त ढकालले जोखिम मोलेर काम गरिरहेका स्वास्थ्यकर्मी माथि प्रयोग गरेको शब्द र सचिव कोईरालाले प्रयोगको गरेको शब्द तथा व्यबहार निकै आलोचित भएको थियो । यसै गरी कोरोना भाईसरको पोजेटिभ लक्षण देखिएको बिरामीका का बारेमा उपचारमा संग्लन चिकित्सकलाई जानकारी नगराई मन्त्रालयमा जानकारी गराईएको र संञ्चारमाध्याम बाट आफूहरुले थाहा पाउनु परेको भन्दै सरुवा रोग नियन्त्रण अस्पताल टेकुका चिकित्सकहरुले राजीनामा दिने चेतावनी दिएका थिए । गैरचिकित्सक ब्यक्ति स्वास्थ्य सचिव बनाईएको भन्दै बिरोध हुदै आएपनि जटिल अबस्थाका कारण ती बिषय ओझेल मा परेका थिए । तर मन्त्री कै अगाडी तल्लोस्तरमा झगडा गर्नुले यस रोग नियन्त्रण र रोगथामका लागि मन्त्रालय कित गम्भिर छ भन्ने प्रश्न उठेको छ ।