२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोना बिरुद्ध लड्नुपर्ने स्वास्थ्य मन्त्रालयका उच्चअधिकारी आफै लडाईमा उत्रिएपछि….



अ+ अ-


काठमाडौ ।कोरोनाका कारण मुलुक लकडाउनको अवस्थामा रहेको बेला समन्वय गरी समस्यालाई सहजीकरण गर्नुपर्ने स्वास्थ्य मन्त्रालयमा सचिव यादव कोईराला र स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठबीच मन्त्री भानुभक्त ढकालकै अगाडि भनाभन भएको छ । सचिव कोईराला र महानिर्देशक श्रेष्ठ बिच तँ तँ र म म हुँँदा मन्त्री ढकालले कुनै हस्तक्षेप गरेनन् । जसका कारण कोरोना नियन्त्रणका लागि भैरहेका अन्य काममा पनि समन्वय हुन सकेको छैन । सञ्चारमाध्याममा बढी प्रचारमुखी हुने तर सही व्यवस्थापन नगर्दा मातहतका निकाय पनि अन्योलबीच नै काम गरिरहेका छन् ।

यसअघि पनि मन्त्री भानुभक्त ढकालले जोखिम मोलेर काम गरिरहेका स्वास्थ्यकर्मी माथि प्रयोग गरेको शब्द र सचिव कोईरालाले प्रयोगको गरेको शब्द तथा व्यबहार निकै आलोचित भएको थियो । यसै गरी कोरोना भाईसरको पोजेटिभ लक्षण देखिएको बिरामीका का बारेमा उपचारमा संग्लन चिकित्सकलाई जानकारी नगराई मन्त्रालयमा जानकारी गराईएको र संञ्चारमाध्याम बाट आफूहरुले थाहा पाउनु परेको भन्दै सरुवा रोग नियन्त्रण अस्पताल टेकुका चिकित्सकहरुले राजीनामा दिने चेतावनी दिएका थिए । गैरचिकित्सक ब्यक्ति स्वास्थ्य सचिव बनाईएको भन्दै बिरोध हुदै आएपनि जटिल अबस्थाका कारण ती बिषय ओझेल मा परेका थिए । तर मन्त्री कै अगाडी तल्लोस्तरमा झगडा गर्नुले यस रोग नियन्त्रण र रोगथामका लागि मन्त्रालय कित गम्भिर छ भन्ने प्रश्न उठेको छ ।