५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता

छ महिनापछि परिणाम देखिनेछ: रुसी प्रतिबन्धमा पुटिनको आलोचनाप्रति ट्रम्पको जवाफ

छ महिनापछि परिणाम देखिनेछ: रुसी प्रतिबन्धमा पुटिनको आलोचनाप्रति ट्रम्पको जवाफ
अ+ अ-

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनद्वारा अमेरिकी प्रतिबन्धको आलोचना गरेपछि प्रतिक्रिया दिँदै आगामी छ महिनाभित्र त्यसको प्रभाव स्पष्ट हुने बताउनुभएको छ ।

रोजनेफ्ट र लुकोइलजस्ता रुसका ठूला तेल कम्पनीमाथि अमेरिकाले लगाएको प्रतिबन्धबारे पत्रकारहरूले सोध्दा राष्ट्रपति ट्रम्पले ह्वाइट हाउसमा भन्नुभयो, “म खुसी छु कि उहाँ (पुटिन) ले त्यस्तो महसुस गर्नुभयो । यो निर्णयले कसरी काम गर्छ भन्नेबारे अबको छ महिनामा हामी सबैले हेर्नेछौँ ।”

रुसी राष्ट्रपति पुटिनले प्रतिबन्धहरूलाई ‘प्रतिकूल कदम’ भन्दै रुसको अर्थतन्त्रमा खासै असर नपार्ने दाबी गर्नुभएको थियो । उहाँले भन्नुभएको थियो, “यो निःस्सन्देह रुसमाथि दबाब दिने प्रयास हो, तर कुनै पनि आत्मसम्मान गर्ने देशले कहिल्यै दबाबमा निर्णय गर्दैन ।”

अमेरिकाको नयाँ प्रतिबन्धपछि विश्व बजारमा तेलको मूल्य तीव्र रूपमा बढेको छ, जसले व्यापारीहरूलाई आपूर्तिमा कमी आउने चिन्ता थपेको छ । यसैबीच पुटिनले अमेरिकी राष्ट्रपति ट्रम्पसँगको आगामी शिखर बैठक रद्द भएकोप्रति टिप्पणी गर्दै ‘द्वन्द्वभन्दा संवाद सधैँ राम्रो हुन्छ’ भन्नुभएको थियो ।

राष्ट्रपति ट्रम्पले भने उक्त बैठक रद्द गर्नुको कारण आफूले अपेक्षित प्रगति नदेखिएको बताउनुभयो । “हामीले पुटिनसँगको बैठक रोक्यौँ, किनभने हामीले चाहेजस्तो नतिजा पाइएन । तर भविष्यमा बैठक हुनेछ”, उहाँले स्पष्ट गर्नुभयो ।

रुसी पक्षले भने बैठक केवल स्थगित भएको जनाउँदै अगस्ट महिनामा अलास्कामा दुवै नेताबीच भेट भएको स्मरण गराएको छ ।

अमेरिकाले हालै रोजनेफ्ट र लुकोइलमाथि प्रतिबन्ध लगाएको घोषणा गरेको थियो । प्रतिबन्धपछि मस्कोले वासिङ्टनको यो कदमलाई ‘सम्बन्ध सुधारमा बाधा पुर्‍याउने’ प्रतिक्रिया दियो । रसिया टुडेका अनुसार राष्ट्रपति पुटिनले यसले अर्थतन्त्रमा न्यून प्रभाव पार्ने भन्दै भन्नुभयो, “कुनै आत्मसम्मानपूर्ण देशले दबाबमा कहिल्यै निर्णय गर्दैन ।”

यसै सन्दर्भमा ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले प्रतिबन्ध ‘उचित र आवश्यक’ भएको बताउँदै रुस–युक्रेन शान्ति प्रक्रिया सुस्त गतिमा चल्नुमा अमेरिकाको निराशा प्रतिबिम्बित भएको बताउनुभयो । उहाँका अनुसार राष्ट्रपति ट्रम्पले जहिले पनि जब आवश्यक ठान्नुहुन्छ रुसमाथि प्रतिबन्ध लगाउने स्पष्ट नीति अपनाउनुभएको छ । हिजो पनि त्यसकै निरन्तरता हो ।

लेभिटले पुटिन र ट्रम्पबीचको सम्भावित बैठक पूर्ण रूपमा ‘तालिकाबाट हटाइएको छैन’ भन्दै अमेरिकी पक्ष बैठकबाट ठोस र सकारात्मक परिणाम निकाल्ने लक्ष्यमा रहेको बताउनुभयो ।

“राष्ट्रपतिले वार्ताको मात्रै होइन, कार्यको पनि अपेक्षा राख्नुभएको छ । उहाँ आफ्ना शान्ति प्रयासहरू व्यर्थ नजाऊन् भन्ने चाहनामा हुनुहुन्छ । मध्यपूर्वमा प्राप्त सफलताबाट उहाँ प्रेरित हुनुहुन्छ र युक्रेन युद्ध अन्त्य होस् भन्ने उहाँको चाहना हो”, लेभिटले भन्नुभयो ।

पुटिनले पनि बुडापेस्टमा तय गरिएको अमेरिका–रुस शिखर सम्मेलन स्थगित भएको पुष्टि गर्दै अमेरिकाले बारम्बार दबाबको हतियारका रूपमा प्रतिबन्ध प्रयोग गर्ने गरेको आरोप लगाउनुभयो । उहाँले ‘अमेरिकी प्रशासनका केही व्यक्ति रुसी तेल निर्यात सीमित गर्न दवाब दिइरहेका छन् र उनीहरूले वास्तवमै कसका हितका लागि काम गर्छन् भन्ने प्रश्न उठेको’ बताउनुभयो ।

अमेरिकी अर्थ मन्त्रालयका अनुसार नयाँ प्रतिबन्धले दुवै रुसी तेल कम्पनीका अमेरिकास्थित सम्पत्ति फ्रिज गर्नेछ र अमेरिकी नागरिक तथा संस्थाहरूलाई ती कम्पनीहरूसँग व्यापार गर्न निषेध गर्नेछ । यस कदमको उद्देश्य रुसको युद्ध सञ्चालनलाई आर्थिक रूपमा कमजोर बनाउनु रहेको बताइएको छ ।

राष्ट्रपति पुटिनले भन्नुभयो, “यदि वासिङ्टन र मस्कोले दबाबको रणनीति त्यागे र दीर्घकालीन दृष्टिकोणमा गम्भीर संवाद अघि बढाए भने दुवै देशबीच सहकार्यका धेरै सम्भावनाहरू छन् ।”