१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

छठपर्वको तयारी- फोटो फिचर



अ+ अ-

काठमाडौं । भोलीशनिबार बाट सुरु हुने छठपर्वको लागि नदी तथा पोखरीमा छठघाटको निर्माण भै रहेको छ ।

काठमाडौँको कमलपोखरी, गौरिघाट सहित बिभिन्न स्थानमा छठघाटको निर्माण गरिएको छ । शनिबार यसपालिको महापर्व छठ ‘नहाय–खाय’ विधिबाट सुरु हुँदैछ ।

लोक आस्थाको यस पर्वमा आइतबार ‘खरना’, सोमबार ‘सझुकाघाट’ र मङ्गलबार बिहान ‘पारन’ (भोरका घाट) विधि गरेर सम्पन्न गरिने छ ।

सूर्यदेव र षष्ठीदेवी (बोलीचालीमा छठीदेवी) को उपासना गरिने यो पर्वमा निराहार व्रतको कात्तिक शुक्ल षष्ठी तिथिका साँझ अस्ताउँदो र सप्तमी तिथिको बिहान उदाउँदो सूर्यलाई यसै घाटमा नुहाएर व्रतालुले अर्घ्य (अर्घ) दिनेछन् ।

भोलिपल्ट बिहान भोरकाघाटको अर्घ्य दिँदासम्म व्रतालु र परिवारजन घाटमै छठी गीत गाउँदै जाग्राम बस्ने गर्छन् ।

फोटो- रासस