२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

कुटपिटबाट युवकको मृत्यु



अ+ अ-

भद्रपुर । यहाँस्थित बिर्तामोड नगरपालिका–५ मा कुटपिटबाट एक युवकको मृत्यु भएको छ ।

गएराति बिर्तामोड–५ का ३० वर्षीय जगन राजवंशी र केही व्यक्तिबीच झगडा हुँदा कुटपिट गरिएका राजवंशी घाइते हुनुभएको थियो । उहाँलाई उपचारका लागि बिएण्डसी अस्पताल, बिर्तामोड लगेकामा चिकित्सकले मृत घोषणा गरेका हुन् ।

कुटपिटमा सङ्लग्न भएको आरोपमा बिर्तामोड–५ का २६ वर्षीय हेमकुमार चौधरीलाई शिवशताक्षी नगरपालिका–७ बाट प्रहरीले नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो । उक्त घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।