२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोनाको पाँचौ संक्रमित भेटिए, बागलुङकी युवतीमा देखियो संक्रमण



अ+ अ-

काठमाडौं । नेपालमा कोरोनाकी अर्की एक युवती भेटिएकि छिन् । बेल्जियमबाट नेपाल आएकी बागलुङकी एक युवतीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको समाचारमा जनाइएको छ । युरोपबाट फर्किएकी ती युवती २२ वर्षीया छिन् ।

यससँगै नेपालमा संक्रमितको संख्या औपचारिक रुपमा पाँच पुगेको छ । उनीहरूमध्ये एकजना भने निको भएर घर गइसकेका छन् भने दुई जनाको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल र एकको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

हाल संक्रमण देखिएकी बागलुङकी ती युवती पनि चैत ४ गते कतार एयरवेजको ‘क्यूआर ६५२ विमानबाट नै नपाल आएको खुलेको छ । बेल्जियमबाट आएकी ती युवतीमा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

त्यही विमानमा आएकी १९ वर्षीया युवतीमा कोरोना भाइरसको संक्रमण भएको १० चैतमा पुष्टि भएको थियो । त्यसपछि विमानमा सवार १५८ यात्रुको खोजी थालिएको थियो । त्यसक्रममा बागलुङ नगरपालिकामा रहेको युवतीलाई पनि धौलागिरी अस्पतालमा नमुना संकलन गरिएको थियो ।

संक्रमण पुष्टि भएकी पछिल्लो युवतीलाई सुरक्षित रुपमा काठमाडौं ल्याउने तयारी भइरहेको बुुझिएको छ ।