१३ असार २०८३, शनिबार
,
Latest
गण्डकी प्रदेश महिला टी–२० क्रिकेट सुरु, स्याङ्जाको विजयी सुरुआत अफगानिस्तानमा ६.१ म्याग्निच्युडको भूकम्प भेनेजुएला : भूकम्पको ३२ घण्टापछि नवजात शिशुको सकुशल उद्धार लेबनान, इजरायल र अमेरिकाद्वारा त्रिपक्षीय सम्झौतामा हस्ताक्षर अष्ट्रेलियाले सामाजिक सञ्जाल प्रतिबन्ध उल्लङ्घन गर्ने प्लेटफर्मलाई दोब्बर जरिवाना लगाउने भेनेजुएलाको भूकम्पमा ९२० जनाको मृत्यु, ५० हजार बेपत्ता युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित आगामी तीन दिन भारी वर्षाः कोशी र मधेसमा विशेष सतर्कता अपनाउन आग्रह प्यूठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख दुर्घटनामा मृत्यु निःशुल्क स्वास्थ्य शिविर, ३५५ जनाले लिए सेवा
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोनाको पाँचौ संक्रमित भेटिए, बागलुङकी युवतीमा देखियो संक्रमण



अ+ अ-

काठमाडौं । नेपालमा कोरोनाकी अर्की एक युवती भेटिएकि छिन् । बेल्जियमबाट नेपाल आएकी बागलुङकी एक युवतीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको समाचारमा जनाइएको छ । युरोपबाट फर्किएकी ती युवती २२ वर्षीया छिन् ।

यससँगै नेपालमा संक्रमितको संख्या औपचारिक रुपमा पाँच पुगेको छ । उनीहरूमध्ये एकजना भने निको भएर घर गइसकेका छन् भने दुई जनाको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल र एकको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

हाल संक्रमण देखिएकी बागलुङकी ती युवती पनि चैत ४ गते कतार एयरवेजको ‘क्यूआर ६५२ विमानबाट नै नपाल आएको खुलेको छ । बेल्जियमबाट आएकी ती युवतीमा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

त्यही विमानमा आएकी १९ वर्षीया युवतीमा कोरोना भाइरसको संक्रमण भएको १० चैतमा पुष्टि भएको थियो । त्यसपछि विमानमा सवार १५८ यात्रुको खोजी थालिएको थियो । त्यसक्रममा बागलुङ नगरपालिकामा रहेको युवतीलाई पनि धौलागिरी अस्पतालमा नमुना संकलन गरिएको थियो ।

संक्रमण पुष्टि भएकी पछिल्लो युवतीलाई सुरक्षित रुपमा काठमाडौं ल्याउने तयारी भइरहेको बुुझिएको छ ।