१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

दीपिका पादुकोण–रणवीर सिंहले दिए छोरीको पहिलो झलक



अ+ अ-

एजेन्सी । दिवालीको विशेष अवसरमा दीपिका पादुकोण र रणवीर सिंहले आफ्नी छोरी दुआ पादुकोणको मुहार सार्वजनिक गरेका छन् ।

दुवैले छोरी दुआलाई काखमा बोकेका केही तस्वीरहरू आफ्नो आधिकारिक इन्स्टाग्राम अकाउन्टमार्फत पोस्ट गर्दै लेखेका छन् — “दीपावलीको हार्दिक शुभकामना।”

छोरीको मुहार देखेपछि सेलेब्रिटीहरूबाट शुभकामना र तारिफ

दीपिका र रणवीरले दुआका तस्वीरहरू शेयर गरेपछि बलिउडका कलाकारहरूले लगातार कमेन्ट गर्दै दुवैलाई बधाई दिएका छन् । अभिनेता राजकुमार रावले दुआको क्यूटनेसको तारिफ गरेका छन् भने प्रियंका चोपडाले पनि दुआका लागि आशीर्वाद पठाएकी छन् ।

यसअघि पनि आएको थियो दुआको भिडियो

दुवैले छोरीको अनुहार आधिकारिक रूपमा सार्वजनिक गर्नुभन्दा अघि, गत अगस्ट महिनामा पनि दुआको एक भिडियो भाइरल भएको थियो । त्यो भिडियो एयरपोर्टमा खिचिएको थियो, जहाँ एक फ्यानले दीपिकाको काखमा रहेकी दुआको भिडियो लुकेर रेकर्ड गरेका थिए ।

सो बेला दीपिका निकै रिसाएकी थिइन् र उक्त फ्यानलाई भिडियो नखिच्न चेतावनी दिएकी थिइन् । यद्यपि भिडियो भाइरल भएपछि एक्ट्रेसको टिमले धेरै प्रयास गरेर त्यो भिडियो हटाएको थियो ।

दुआको रूपको तुलना दीपिका र रणवीरसँग

दुआका तस्वीरहरू सार्वजनिक भएलगत्तै सामाजिक सञ्जालमा उनको रूपको तुलना दीपिका र रणवीर दुवैसँग गर्न थालिएको छ । धेरैले भनेका छन् कि दुआमा रणवीर सिंहको झल्को बढी देखिन्छ ।

२०१२ मा प्रेम, २०१८ मा विवाह र २०२४ मा बने अभिभावक

दीपिका पादुकोण र रणवीर सिंहको प्रेमकथा सन् २०१२ मा फिल्म “गोलियों की रासलीलाः रामलीला” का सेटमा सुरु भएको थियो । साथमा समय बिताउँदै जाँदा उनीहरूबीच नजिकपन बढ्दै गयो ।

करिब तीन वर्ष डेट गरेपछि २०१५ मा रणवीरले दीपिकालाई विवाह प्रस्ताव राखेका थिए । उनीहरूले गोप्य रूपमा सगाई गरे र सन् २०१८ मा इटालीको विला डेल बाल्बियानोमा डेस्टिनेशन विहे गरे । त्यसपछि ८ सेप्टेम्बर २०२४ मा दीपिकाले छोरी दुआलाई जन्म दिएकी थिइन् ।

गूगलमा ट्रेन्ड हुँदै दुआ पादुकोण सिंह

तस्बिरहरू सार्वजनिक भएपछि दुआ पादुकोण सिंहको नाम गुगलमा लगातार ट्रेन्ड भइरहेको छ । मानिसहरू उनको बारेमा थप जानकारी खोज्न उत्सुक देखिएका छन् ।