३१ भाद्र २०८३, बुधबार
,
Latest
विपद् व्यवस्थापनका लागि स्पष्ट टीओआरसहित संसदीय समिति गठन गर्न कांग्रेस सचेतक राईको माग भुमिहीनका रुपमा स्वघोषणा गरेका ४ जनाको नाममा जग्गा भेटिएपछि कारवाही गर्न निर्देशन यस्ता छन् बुधबार बसेकाे मन्त्रिपरिषद् बैठकका निर्णयहरू अभिभावकविहीन र बेवारिसे बालबालिकालाई कानुनी संरक्षणको दायरामा ल्याइँदै विदेशी नागरिकका लागि ‘पासपोर्ट फ्री ट्राभल’ प्रणाली ल्याउँदै अध्यागमन विभाग कांग्रेसको वडा अधिवेशन निर्धारित मितिमै हुने, करिब ९ हजार निर्वाचन अधिकृत फिल्डमा चिलिमे जलविद्युत् केन्द्रका कर्मचारीको मृत्युमा कुलमान घिसिङद्वारा दुःख व्यक्त भोटेकोशी बाढीः १४ शव पहिचान, ८१ जनाको डिएनए सङ्कलन बालबालिकालाई सहानुभूतिले होइन, अधिकारसम्पन्न नागरिकका रूपमा हेर्न सांसदहरूको जोड हेटौंडामा यात्रुवाहक बसमा ढुंगा प्रहार गर्ने पाँच जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओमिक्रोन भेरियन्ट भित्रन नदिन स्वास्थ्य कार्यालयलाई निर्देशन



अ+ अ-

काठमाडौँ । स्वास्थ्यसेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले देशभरिका स्वास्थ्य कार्यालयलाई कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट भित्रन नदिन पूर्व तयारी गर्न सात बुँदे निर्देशन जारी गरेको छ । 

महाशाखाका निर्देशक डा कृष्णप्रसाद पौडेलले सातवटै स्वास्थ्य निर्देशनालय, ७७ जिल्ला स्वास्थ्य कार्यायल र  ७५३ वटै स्थानीय तहलाई ओमिक्रोन भेरियन्टको सङ्क्रमण भित्रन  नदिन प्रभावकारी उपाय अपाउन आग्रह गर्दै सात बुँदे निर्देशन जारी गर्नुभएको हो । 

उहाँले ओमिक्रोन भेरियन्ट सङ्क्रामक रहेकाले नेपालमा भित्रन नदिनका लागि सबै निकाय अझ सतर्क र पूर्व तयारीका साथ लाग्नुपर्ने बताउनुभयो । 

नेपालमा तीन जनामा ओमिक्रोन भेरियन्ट देखिएको पुष्टि भएको छ । महाशाखाले जनस्वास्थ्य मापदण्डको पूर्णपालना गरी भीडभाड हुन नदिने, मास्कको प्रयोग गर्ने तथा हात धुने गर्न र गराउन अनुरोध गरेको छ । यस्तै समुदायमा जोखिम क्षेत्र ९हटस्पट० पत्ता लगाइ एन्टिजेन किटद्वारा परीक्षण गर्र्न, पहिचान भएका कोभिड–१९ का सङ्क्रमितलाई उचित व्यवस्थापन गर्न, नजिकैका सम्पर्कको पहिचान गरी क्वारेन्टिन तथा कोरोना परीक्षण गर्न समेत निर्देशनमा भनिएको छ । 

यस्तै सीमा नाकामा रहेका प्रवेश विन्दुबाट प्रवेश गर्ने यात्रुको प्रोटोकल अनुसारको परीक्षण तथा व्यवस्थापन गर्न, खोप लगाउन छुटेका लक्षित वर्गको पहिचान तथा कोभिड–१९ विरुद्धको खोपको प्रयोगमा वृद्धि गर्न र घरमै आइसोलेशनमा रहेका वा क्वारेन्टिनमा रहेका व्यक्तिको ‘फलोअप’ एवं मापदण्ड पालनाको निगरानी गर्नसमेत भनिएको छ । 




भर्खरै