२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

लेभरकुसेनको पोष्टमा पीएसजीले हान्यो आधा दर्जन बढी गोल



अ+ अ-

काठमाडौँ । युइएफए च्याम्पियन्स लिगको साविक विजेता फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)ले जर्मनीको लेभरकुसेनमाथि ७–२ को सहज जित निकालेको छ ।

खेलको सुरुदेखि नै आक्रामक देखिएको पीएसजीका लागि ६ फरक खेलाडीले गोल गरे । पीएसजीका लागि युवा स्टार देसिरे डोउएले ४१औं र ४८औं मिनेटमा दुई गोल गरे । अन्य गोलहरूमा विलियन पाचो, खभिका क्वारात्स्केलिया, नुनो मेन्डेस, उस्मान डेम्बेले र भिटिन्हाले एक–एक गोल गरे।

लेभरकुसनका लागि भने एलेक्स गार्सियाले दुई गोल गरे, जसमा उनले ३८औं मिनेटमा पेनाल्टी र ५४औं मिनेटमा अर्को गोल गरेका थिए।

त्यसअघि ३३औं मिनेटमा लेभरकुसनका रोबर्ट एन्ड्रिचले रातो कार्ड खाएर मैदानबाट बाहिरिएपछि टिम १० खेलाडीमा सीमित भयो । यद्यपि त्यसको केही समयपछि नै अर्थात् ३७ औं मिनेटमा पीएसजीका इलिया जाबार्नीले पनि रातो कार्ड पाएका थिए ।