२५ जेष्ठ २०८३, सोमबार
,
Latest
‘ऋणमुक्त विकास साझेदार अन्तर्राष्ट्रिय गैर सरकारी संस्था’ सुनसरीमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुई घाइते संसदको गतिरोध अन्त्यका लागि रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान, सिंहदरबारमा छलफल सुरू शिवपुरी राष्ट्रिय निकुञ्जमा अवस्थित ‘क्लासिक भ्यू रिसोर्ट’को व्यवस्थापनको जिम्मा ‘सोल्टी होटल्स एण्ड रिसोर्ट’ले लियो रविले बोलाएको सर्वदलीय बैठकलाई महेश बस्नेतले भने: सकारात्मक पहल रास्वपाले बोलाएको सर्वदलीय बैठकमा ४ दलका अध्यक्ष सहभागी भएनन् तनाव व्यवस्थापनका लागि विद्यार्थीलाई मानसिक स्वास्थ्य शिक्षा रास्वपा कञ्चनपुरमा विष्ट एसियन गेम्स छनोटको फाइनलमा आज नेपाल र हङकङ भिड्दै यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

तिहारमा झिनियाको माग उच्च



अ+ अ-

म्याग्दी । बेनी नगरपालिका–७ मङ्गलाघाटका हरिकुमार श्रेष्ठले दसैँ तिहारको लागि करिब रु दुई लाखको झिनिया बिक्री गर्नुभयो ।

मङगलाघाटकै कल्पना श्रेष्ठलाई पनि झिनिया बनाउन भ्याइनभ्याइ छ । हरिकुमार र कल्पना मात्र नभइ बेनीका उद्यमीहरूका लागि झिनिया आम्दानीको स्रोत बनेको छ । “तिहारका लागि झिनीयाको माग बढेकाले भ्याई नभ्याई भएको हो,” हरिकुमारले भन्नुभयो, “तिहारको समयमा धेरै माग र खपत हुने झिनिया अन्य समयमा पनि राम्रै बिक्री भइरहेको छ ।”

हेर्दा आकर्षक, खानालाई स्वादिलो, सजिलो तथा तयारी खाजाको रूपमा प्रयोग गर्न सकिने भएकाले चाडपर्वको समयमा झिनिया रोटीको खपत धेरै हुनेगर्छ । तिहारका लागि दसैँ सकिएदेखिनै झिनिया बनाउन थालेकी उद्यमी कल्पनाले माग धान्न मुस्किल परेको बताउनुभयो ।

“पोखराबाट रु दुई लाखको झिनियाको माग आएको थियो,” उहाँले भन्नुभयो “राम्रोसँग घाम नलाग्दा पोखराको माग पुर्‍याउन सकिएन् । बेनीकै ग्राहकलाई बल्लतल्ल पुर्‍याएको छु ।” दसैँलगत्तै बेनीका उद्यमीले तिहारका लागि झिनिया बनाउन थालेका थिए । चामलको पिठो पकाएर त्यसलाई मेसिनमा पेलेर निस्कने चाउचाउको जस्तो त्यान्द्रोलाई दुई दिनसम्म घाममा सुकाएपछि झिनिया तयार हुन्छ ।

झिनिया घ्यू, तेलमा फ्राई गरेर खानयोग्य हुन्छ । प्रति १२ वटा झिनियालाई रु एक सय ५० का दरले बिक्री हुने गरेको छ । चाडपर्व र आफन्तलाई भेट्न जाँदा झिनिया कोसेली लैजाने चलन छ । झिनियालाई खाजाको परिकारको रूपमा पनि प्रयोग गर्न सकिन्छ ।

घरमा बनाउन झञ्जट हुने, बिग्रने डर तर कोसेली लैजान सजिलो हुने भएकाले झिनिया रोजाइमा परेको बेनीका उपभोक्ता नवीन घिमिरेले बताउनुभयो । बेनीका झिनिया उत्पादक तथा व्यापारीका अनुसार तिहारको समयमा एक जनाले रु दुई लाखदेखि तीन लाखको झिनिया बिक्री गर्छन् ।

सदरमुकाम बेनीमा झिनिया उत्पादन गरेर बिक्री गर्ने उद्यमीको सङ्ख्या २५ भन्दा धेरै छ । झिनिया बनाउन तीन जना जनशक्ति आवश्यक पर्छ । एक दिनमा तीन जनाले ३० दर्जनसम्म झिनिया बनाउन सक्छन् ।

घरायसी कामबाट बचेको फुर्सदको समय सदुयोग हुनुका साथै झिनिया बेचेर भएको आम्दानीले घर व्यवहार चलाउन सजिलो भएको उद्यमीहरूले बताएका छन् । झिनिया बनाउने मेसिन, तालिम र सुरक्षित भण्डारणका लागि आँैजार उपकरणको व्यवस्था भएमा सहज हुने उद्यमी हरिकुमार श्रेष्ठले बताउनुभयो ।