९ श्रावण २०८३, शनिबार
,
Latest
त्रिशूली नदीमा खस्यो भ्यान सम्यक दानको स्मरण गराउन गुरु पूर्णिमाका दिन पञ्चदान तथा दिपंकर तथागत वुद्धको शोभायात्रा हुने सिरिया बस दुर्घटना : ३५ जनाको मृत्यु, ३० व्यक्ति घाइते शिक्षा सचिव पौडेलद्वारा डा केसीसँग अनौपचारिक संवाद अनलाइन ठगीमा संलग्न भारतीय नागरिकसहित दुई जना पक्राउ यमन द्वन्द्वको ‘कुनै सैन्य समाधान छैन’ : इरानी विदेशमन्त्री डढेलोबाट ‘ज्यान बचाउनु’ सरकारको प्राथमिकताः प्रधानमन्त्री सान्चेज आठ हजार महिलाले भरतपुर अस्पतालबाट लिए सुत्केरी सेवा भारतबाट ल्याउँदै गरेको खैरो हेरोइनसहित युवक पक्राउ वन तथा वातावरण मन्त्रालयको वार्षिक प्रगति ८२ प्रतिशत
तपाईं के खोज्दै हुनुहुन्छ ?

आगलागीबाट दुई घर जलेर नष्ट



अ+ अ-

त्रिशूली । ककनी गाउँपालिका–१ स्थित जलकुनीमा आज आगलागी हुँदा दुई घर जलेर नष्ट भएको छ । आगलागीबाट नगद, गरगहनासहित अन्नबाली, लत्ताकपडा, भाँडावर्तनलगायत सामग्री जलेर नष्ट भएको छ ।

आगलागीमा परी रु एक करोड बराबरको धनसम्पत्ति क्षति भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायब उपरीक्षक विक्रम लामाले जानकारी दिनुभयो । उहाँका अनुसार बलराम बलामीको घरबाट सुरु भएको आगलागी जोडिएको घरमा पनि फैलिएको थियो ।

“विद्युत् गडबढका कारण आगलागी हुँदा नगद रु १० लाखसहित रु २५ लाख बराबरको सुनचाँदीको गरगहना, रु १८ लाख बराबरको अन्नबाली र भाँडावर्तनसहित ढुङ्गामाटोले बनेका दुईवटा घर पूर्ण क्षति भएको छ,” प्रनाउ लामाले भन्नुभयो, “स्थानीयवासी र सुरक्षाकर्मीको प्रयासले मानवीय र पशुचौपाय क्षति हुनबाट जोगाइएको छ ।”

घरबासविहीन भएका पीडित परिवारलाई ककनी गाउँपालिकाले तत्कालका लागि अस्थायी संरचनाको निर्माण गरेर बस्ने प्रबन्ध मिलाएको छ । जिल्ला प्रशासनबाट नगद र रेडक्रस नुवाकोट शाखामार्फत गैह्रखाद्य ९बन्दोबस्ती० सामग्री उपलब्ध गराउन सिफारिस गरिएको छ ।