२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालुवाटारमा सर्वदलीय बैठक जारी, को–को छन् सहभागी ? – तस्बिरहरु



अ+ अ-

काठमाडौं । आगामी निर्वाचनको तयारीका विषयमा छलफल गर्न प्रधानमन्त्री सुशीला कार्कीले बोलाउनुभएको सर्वदलीय बैठक बालुवाटारमा सुरु भएको छ ।

प्रधानमन्त्री निवासमा जारी बैठकमा विभिन्न राजनीतिक दलका शीर्ष नेता तथा प्रतिनिधिहरू सहभागी छन् ।

प्रधानमन्त्री सचिवालयका अनुसार बैठकमा नेपाली कांग्रेस, नेकपा (एमाले), माओवादी केन्द्रलगायत १० वटा दलका नेताहरू सहभागी भएका छन् ।

निर्वाचन तयारीका विषयमा केन्द्रित बैठकमा राष्ट्रिय मान्यता प्राप्त दलसँगै विघटित प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलहरू पनि समावेश छन् ।

नेपाली कांग्रेसबाट गगन थापा र प्रकाशशरण महत, नेकपा (एमाले)बाट शंकर पोखरेल र प्रदीपकुमार ज्ञवाली, माओवादी केन्द्रबाट वर्षमान पुन र पम्फा भुसाल, नेकपा (एकीकृत समाजवादी)बाट राजेन्द्र पाण्डे र प्रकाश ज्वाला, राष्ट्रिय स्वतन्त्र पार्टीबाट स्वर्णिम वाग्ले र सोविता गौतम, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट राजेन्द्र गुरुङ र मोहन श्रेष्ठ सहभागी छन् ।

त्यसैगरी, जनता समाजवादी पार्टीबाट उपेन्द्र यादव र प्रकाश अधिकारी, लोकतान्त्रिक समाजवादी पार्टीबाट सर्वेन्द्रनाथ शुक्ल, नागरिक उन्मुक्त पार्टीबाट रेशम चौधरी, नेपाल मजदुर किसान पार्टीबाट प्रेम सुवाल, र जनमत पार्टीबाट चन्दन सिंह बैठकमा उपस्थित छन् ।

प्रधानमन्त्री सचिवालयका अनुसार केदारभक्त माथेमा र विद्याधर मल्लिकले बैठकमा पर्यवेक्षकका रूपमा सहभागिता जनाएका छन् ।

बैठकमा आगामी निर्वाचनको मिति, व्यवस्थापकीय तयारी, राजनीतिक सहमति र सम्भावित चुनौतीहरूबारे छलफल हुने अपेक्षा गरिएको छ ।