२५ जेष्ठ २०८३, सोमबार
,
Latest
रास्वपा प्युठानको सभापतिमा पोख्रेल चयन फिलिपिन्समा शक्तिशाली भूकम्पपछि सुनामी चेतावनी ‘ऋणमुक्त विकास साझेदार अन्तर्राष्ट्रिय गैर सरकारी संस्था’ सुनसरीमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुई घाइते संसदको गतिरोध अन्त्यका लागि रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान, सिंहदरबारमा छलफल सुरू शिवपुरी राष्ट्रिय निकुञ्जमा अवस्थित ‘क्लासिक भ्यू रिसोर्ट’को व्यवस्थापनको जिम्मा ‘सोल्टी होटल्स एण्ड रिसोर्ट’ले लियो रविले बोलाएको सर्वदलीय बैठकलाई महेश बस्नेतले भने: सकारात्मक पहल रास्वपाले बोलाएको सर्वदलीय बैठकमा ४ दलका अध्यक्ष सहभागी भएनन् तनाव व्यवस्थापनका लागि विद्यार्थीलाई मानसिक स्वास्थ्य शिक्षा रास्वपा कञ्चनपुरमा विष्ट
तपाईं के खोज्दै हुनुहुन्छ ?

चुनाव तयारीबारे बालुवाटारमा दलहरूसँग संवाद गर्दै प्रधानमन्त्री, को–को सहभागी हुनेछन् ?



अ+ अ-

काठमाडौँ । आगामी निर्वाचनको तयारीका विषयमा प्रधानमन्त्री निवास बालुवाटारमा आज राजनीतिक दलहरूसँग संवाद हुँदैछ ।

प्रधानमन्त्री सुशीला कार्कीले आह्वान गर्नुभएको उक्त संवादमा राष्ट्रिय मान्यता प्राप्त दलका साथै विघटित प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलका प्रतिनिधिहरू सहभागी हुनेछन् ।

प्रधानमन्त्री सचिवालयका अनुसार संवाद कार्यक्रम केहीबेरमै सुरु हुँदैछ ।

संवादमा नेपाली कांग्रेसबाट गगन थापा र प्रकाशशरण महत, नेकपा (एमाले)बाट शंकर पोखरेल र प्रदीपकुमार ज्ञवाली, माओवादी केन्द्रबाट वर्षमान पुन र पम्फा भुसाल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट स्वर्णिम वाग्ले र सोविता गौतम, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट राजेन्द्र गुरुङ र मोहन श्रेष्ठ सहभागी हुनेछन् ।

त्यसैगरी जनता समाजवादी पार्टीबाट उपेन्द्र यादव र प्रकाश अधिकारी, लोकतान्त्रिक समाजवादी पार्टीबाट सर्वेन्द्रनाथ शुक्ल, नागरिक उन्मुक्ति पार्टीबाट रेशम चौधरी, नेपाल मजदुर किसान पार्टीबाट प्रेम सुवाल, र जनमत पार्टीबाट चन्दन सिंह सहभागी हुनेछन् ।

संवादमा केदारभक्त माथेमा र विद्याधर मल्लिक पर्यवेक्षकका रूपमा उपस्थित रहेको प्रधानमन्त्री सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री कार्कीले आगामी फागुन २१ गते तय गरिएको निर्वाचनका तयारी, निष्पक्षता र सबै दलको सहभागिता सुनिश्चित गर्ने उद्देश्यले यो संवाद आयोजना गर्नुभएको बताइएको छ ।