३ भाद्र २०८३, बुधबार
,
Latest
राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घबहादुर राव‍ल नियुक्त कर्णाली सरकारका नवनियुक्त तीन मन्त्रीद्वारा शपथ ग्रहण भलिबल लिगलाई एक्स्ट्रिमको साथ ‘मानवअधिकारको संरक्षण तथा प्रवद्र्धनमा नेपाल र चीनबीचको सहकार्यले निरन्तरता पाउने विश्वास’ साइबर आक्रमणपछि ओपनएआइद्वारा उन्नत एआई विकासमा लगाम जाम्बियामा विपक्षीको ‘मनमानी’ गिरफ्तारी रोक्न संयुक्त राष्ट्रसङ्घको आग्रह बालश्रम सम्बन्धी विधेयक अन्तर्राष्ट्रिय मापदण्ड अनुकूल छः श्रममन्त्री यादव भूकम्प पीडितको निजी आवास निर्माणबारे गृहमन्त्रीको ब्रिफिङः समस्या समाधानका लागि कार्यदल गठन जनसरोकारका मुद्दामा सरकार गम्भीर भएनः हर्कराज राई चमती आयोजना र सार्वजनिक पूर्वाधार व्यवस्थापनका लागि काठमाडौं महानगरद्वारा समिति गठन
तपाईं के खोज्दै हुनुहुन्छ ?

शान्तिको पक्षमा ट्रम्पः युक्रेन र रुसलाई तत्काल युद्ध रोक्न आग्रह



अ+ अ-

एजेन्सी । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेन–रुस युद्धको सन्दर्भमा आफ्नो पछिल्लो धारणा सार्वजनिक गर्दै दुबै पक्षलाई युद्ध तत्काल रोक्न आह्वान गर्नुभएको छ। युक्रेनको विजय सम्भव भए पनि हालको परिस्थितिमा त्यसमा विश्वास गर्न गाह्रो भइरहेको उहाँले बताउनुभयो।

अष्ट्रेलियाली प्रधानमन्त्री एन्थोनी अल्बानिजसँग ह्वाइट हाउसमा भएको भेटको अवसरमा ट्रम्पले भन्नुभयो, “यसअघि म युक्रेनले गुमाएको भूभाग फिर्ता लिन सक्ने कुरामा आशावादी थिएँ। तर रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको लामो संवाद र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलान्स्कीसँगको प्रत्यक्ष भेटपछि मेरो धारणा केही बदलिएको छ।”

उहाँले हालको अवस्थामा युद्ध रोकिने हो भने शान्तिपूर्ण समाधानको सम्भावना बढ्ने स्पष्ट पार्नुभयो। ट्रम्पले थप्नुभयो, “मैले कहिल्यै युक्रेन युद्ध जित्छ नै भनेको थिइनँ, मैले भनेको थिएँ कि उनीहरू जित्न सक्छन्। तर युद्ध स्वभावतः अनिश्चित र जटिल हुन्छ।”

राष्ट्रपति जेलान्स्कीले ट्रम्पसँगको भेटलाई ‘सकारात्मक’ बताउनुभएको छ। यद्यपि, उहाँले रूसी पक्षले डोनेत्स्क र लुहान्स्क क्षेत्रहरू पूर्ण रूपमा युक्रेनसँग छोड्नुपर्ने माग दोहोर्याएको जानकारी दिनुभयो।

टोमहक क्षेप्यास्त्र प्रणालीबारे ट्रम्पले हाललाई संयम अपनाउने संकेत गर्नुभएको छ। अवस्था अझ जटिल नहोस् भन्ने उद्देश्यले यसबारे तत्काल निर्णय नलिने धारणा व्यक्त गर्नुभएको हो।

जेलान्स्कीले पुटिनसँग हुन लागेको आगामी वार्तालाई शान्तिपूर्ण समाधानतर्फको सकारात्मक संकेतको रूपमा लिएको बताउनुभयो। साथै, अमेरिकाबाट प्याट्रियट हवाई रक्षा प्रणाली प्राप्त गर्ने विषयमा पनि छलफल भइरहेको जानकारी दिनुभयो।

उहाँले भन्नुभयो, “हामी राष्ट्रपति ट्रम्पको सकारात्मक सोचको कदर गर्छौं, यदि यसले युद्ध अन्त्यका लागि सहयोग पुर्‍याउँछ भने।”