१९ मंसिर २०८२, शुक्रबार
,
Latest
मुस्ताङ भन्सारमा चार अर्ब ४१ करोड बढी राजस्व सङ्कलन कारागारमा सुरक्षाकर्मीसँग चिनजान, घरमा गएर विभत्स हत्या हेटौँडाको मुख्य सडक विस्तारको सूचना कार्यान्वयन नगर्न सर्वाेच्च अदालतको अन्तरिम आदेश विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न माग एक्साइड ब्याटमोबाइल सेवा ५०,००० ग्राहकसम्म पुर्‍याउँदै इतिहास रच्यो एनपीएलः जनकपुरलाई हराउँदै लुम्बिनी प्लेअफमा उपराष्ट्रपति यादवसँग सार्क महासचिवको शिष्टाचार भेट महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली आयोगद्वारा निर्वाचनमा समावेशिता र सुशासन सुनिश्चित गर्न दललाई निर्देशन कांग्रेसको कलहः होला त पुसमा महाधिवेशन ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘शोले’मा जेलरको भूमिकादेखि आफ्नी श्रीमतीसँगको पहिलो भेटसम्म, असरानीको जीवनबारे नसुनिएको किस्सा



अ+ अ-

एजेन्सी । असरानी बलिउडका प्रसिद्ध हास्य कलाकार थिए, जसले पाँच दशकभन्दा बढी समयसम्म दर्शकहरूलाई हँसाउँदै आए । सन् १९४१ जनवरी १ मा जयपुरमा जन्मेका असरानीले करिब ३५० फिल्ममा अभिनय गरेका थिए । उनको निधन अक्टोबर २० मा भयो, तर सेटमा भएका उनका रमाइला किस्साहरू सधैं सम्झना गरिनेछन् ।

हिटलरबाट प्रेरणा

फिल्म ‘शोले’ (१९७५) को सेटमा असरानीलाई जेलरको सानो भूमिका दिइएको थियो । निर्देशक रमेश सिप्पीले भनेका थिए कि यो पात्र अंग्रेजहरूको समयमा आधारित हुनुपर्छ । त्यसपछि असरानीले हिटलरका पुराना भिडियोहरू हेरे र उनको शैली नक्कल गरे — हिँड्ने तरिका, हात हल्लाउने शैली र संवाद बोल्ने अंदाज सबै हिटलर जस्तै । सेटमा सबै हाँस्दै लोटपोट भए । उनको संवाद “हम अंग्रेजों के ज़माने के जेलर हैं” आज पनि प्रसिद्ध छ । असरानीले भनेका थिए, “यो भूमिका सानो थियो, तर शरीरको हाउभाउले यसलाई अमर बनायो ।”

पत्नीलाई सेटमै भेटे

असरानीकी पत्नी मञ्जुसँग पहिलो भेट फिल्म ‘आज की ताजा खबर’ को सेटमा भएको थियो । त्यहीँबाट उनीहरूको मित्रता सुरु भयो र ‘नमक हराम’ को सेटमा प्रेम सम्बन्ध बढ्दै गयो । पछि दुबैले विवाह गरे । असरानीका एक छोरा छन् — नवीन ।

जया बच्चनसँग सेटमा हाँसोको तुफान

एक रिपोर्टअनुसार, एक पटक ‘गुप्ता जीकी भाभी’ फिल्मको शूटिङमा असरानी र जया बच्चन सँगै थिए । सीनमा असरानीले जयामाथि रिस देखाउनुपर्ने थियो, तर दुवै यति हाँसे कि २० पटक टेक लिनुपर्‍यो । असरानीले जयालाई जिस्काए, जयाले पनि प्रत्युत्तरमा मजाक गरिन् । निर्देशक रिसाए, तर वातावरण खुसीमय भयो । असरानीले एक अन्तर्वार्तामा भनेका थिए, “जयासँग काम गर्नु घरकी दिदीसँग जस्तै रमाइलो हुन्थ्यो ।”

मित्रताको मिसाल

असरानीले राजेश खन्नासँग करिब २५ फिल्ममा काम गरेका छन्, जस्तै ‘आन मिलो सजना’ र ‘मेरा नाम जोकर’ । दुबैबीच गहिरो मित्रता थियो, र राजेश खन्ना असरानीलाई ‘भाइ’ भन्थे । ‘मेरा नाम जोकर’ को सेटमा जब राजेश खन्ना बिरामी परे, असरानीले औषधि दिए र शूटिङ पूरा नभएसम्म उनीसँगै बसे । असरानीले सधैं भनेका थिए — “सेटमा साँचो मित्रता नै जादू गर्छ ।”

असरानीको पूरा नाम गोवर्धन असरानी थियो। उनका पिता व्यापारी थिए, तर असरानीलाई व्यापारमा रुचि थिएन । प्रारम्भिक पढाइ जयपुरमै गरे । पढाइसँगै खर्च चलाउन उनले अल इन्डिया रेडियोमा ‘भ्वाइस ओभर आर्टिस्ट’को रूपमा काम गरे ।

पहिलो ब्रेक

१९६० देखि १९६२ सम्म असरानीले साहित्य कलाभाई ठक्करसँग अभिनय सिके । १९६२ मा कामको खोजीमा मुम्बई पुगे । १९६३ मा किशोर साहू र ऋषिकेश मुखर्जीसँग भेट हुँदा उनले असरानीलाई प्रोफेशनल अभिनय सिक्न सल्लाह दिए । त्यसपछि १९६४ मा असरानीले पुणेको फिल्म इन्स्टिच्युटमा प्रवेश लिए । पहिलो फिल्म ‘हरे काँच की चूड़ियां’ बाट उनले बलिउडमा डेब्यू गरे, जसमा उनले अभिनेता विश्वजीतका साथीको भूमिका निभाए ।

हिन्दी सिनेमामा उदय

पहिलो फिल्मबाट सबैको मन जितेपछि असरानीले १९६७ मा गुजराती फिल्ममा मुख्य भूमिका निभाए र त्यसपछि ४ वटा गुजराती फिल्ममा काम गरे । तर १९६७ देखि १९६९ सम्म हिन्दी फिल्ममा अफर पाएनन् । १९६९ मा ऋषिकेश मुखर्जीले उनलाई सत्यकाम मा सहयोगी भूमिकामा राखे । मेरे अपने बाट उनलाई परिचय मिल्यो । १९७१ पछि असरानीलाई हास्य कलाकार वा नायकका साथीका रूपमा लगातार काम मिल्न थाल्यो ।

सर्वाधिक व्यस्त वर्षहरू

१९७१ देखि १९७४ बीच ऋषिकेश मुखर्जी, आत्मा राम र गुलजारले उनलाई धेरै फिल्ममा अवसर दिए । १९७० को दशकमा असरानीको माग अत्यधिक बढ्यो । १९७० देखि १९७९ सम्म उनले १०१ फिल्ममा काम गरे । नमक हराम पछि राजेश खन्नासँगको दोस्ती बलियो भयो र खन्ना जहाँ काम गर्थे, असरानीलाई पनि सिफारिस गर्थे ।

प्रसिद्ध फिल्महरू

१९७० देखि १९७९ सम्म असरानीले मेरे अपने, कोशिश, बावर्ची, अभिमान, महबूबा, पलकों की छाँव में र बंदिश जस्ता फिल्महरूमा सहयोगी भूमिका निभाए । १९७७ मा चला मुरारी हीरो बनने मा मुख्य भूमिकामा अभिनय गरे, जसको प्रशंसा व्यापक भयो ।

हास्य भूमिकाका उत्कृष्ट उदाहरणहरू

असरानीले १९७० को दशकमा धेरै हास्य भूमिकाहरू निभाए — आज की ताजा खबर, रोटी, प्रेम नगर, चुपके चुपके, छोटी सी बात, रफू चक्कर, शोले, फकीरा, छैला बाबू, फांसी, दिल्लगी, हीरा लाल पन्नालाल र पति पत्नी और वो । उनले खून पसीना मा गम्भीर भूमिका पनि गरेका छन् ।

निर्देशक र निर्माता रूपमा

१९७४ मा असरानीले एउटा गुजराती फिल्म निर्देशन गरे र त्यसमा मुख्य भूमिका पनि निभाए । १९८२ मा उनले गुजराती प्रोडक्सन हाउस स्थापना गरे, जसले १९९६ मा राम्रो सफलता पायो ।

पछिल्ला वर्ष र अन्तिम फिल्महरू

२००० दशकमा असरानीले चुप चुप के, हेरा फेरी, हलचल, दीवाने हुए पागल, गरम मसाला, भागम भाग र मालामाल वीकली जस्ता हिट फिल्महरूमा अभिनय गरे ।

बलिउडका दिग्गज हास्य कलाकार असरानीको निधनले फिल्म उद्योगलाई स्तब्ध बनाएको छ, तर उनका अन्तिम फिल्महरूका लागि फ्यानहरू उत्साहित छन् । असरानी निर्देशक प्रियदर्शनसँग दुई नयाँ फिल्ममा काम गर्दै थिए, जुन २०२६ मा रिलिज हुनेछन् । दुवै फिल्म होरर–कमेडी विधामा आधारित छन् ।

प्रियदर्शनसँगको सम्बन्ध
प्रियदर्शनसँग असरानीले हेरा फेरी, मालामाल वीकली, हलचल र भागम भाग जस्ता सुपरहिट फिल्ममा काम गरेका थिए । परेश रावल र अक्षय कुमारसँगको उनको केमेस्ट्री दर्शकहरूले सधैं मन पराए । अब ‘भूत बंगला’ र ‘हैवान’ मा असरानीलाई अन्तिम पटक पर्दामा देख्न पाइनेछ ।