२ आश्विन २०८३, शुक्रबार
,
Latest
माथिल्लो त्रिशूली–१ को सुरुङबाट ६ शव निकालियो माथिल्लो त्रिशूली–१ को सुरुङमा खोजी जारी, मानव अङ्ग तथा शव निकालिँदै सुनचाँदीको मूल्य बढ्यो आज मन्त्रिपरिषद् बैठक बस्दै विद्युतीय स्कुटर ‘यात्री ए२’ को सुरुवाती मूल्य ३ लाख २९ हजार ९०० रुपैयाँ त्रिभुवन र कान्ति राजमार्गमा दुईतर्फी यातायात सञ्चालन ऋण असुलीबाट समस्याग्रस्तका ५ सहकारीका १३५ जना बचतकर्ताले पाए रकम फिर्ता पोखरा विश्वविद्यालयले खुला प्रतिस्पर्धाबाट डिन नियुक्त गर्दै,आवेदन आह्वान धादिङ र नुवाकोटमा पूर्ण रूपमा विद्युत सेवा सुचारू, रसुवाका ९० प्रतिशत क्षेत्रमा बिजुली बल्यो बुद्ध–परिपथले जोडिँदै पनौती, नमोबुद्ध र तेमाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘जेरी अन टप’ ले तीन दिनमा कति कमायो?



अ+ अ-

काठमाडौँ। तिहारलाई लक्षित गरी गत असोज ३१ गतेदेखि प्रदर्शनमा आएको नेपाली चलचित्र ‘जेरी अन टप’ले दर्शकको साथ पाएको छ ।

चलचित्र विकास बोर्डको ‘बक्सअफिस सिनेमा’का अनुसार चलचित्रले प्रदर्शनको तीन दिनमा रु दुई करोड २२ लाख ८१ हजार ६९८ रुपैयाँको व्यापार गरेको छ ।

उक्त चलचित्रका अभिनेता अनमोल केसीका अनुसार चलचित्रले प्रदर्शनको पहिलो दिन असोज ३१ मा रु ७२ लाख ५९ हजार ४०८ रुपैयाँ, दोस्रो दिन रु ८६ लाख ३८ हजार २१० रुपैयाँ र तेस्रो दिन ६३ लाख ८४ हजार ८० रुपैयाँको व्यापार गरेको हो ।

हलहरुमा पुगेर दर्शकसँग साक्षात्कार गरिरहनुभएका अभिनेता केसीले झन्डै डेढ वर्ष लगाएर तयार पारिएको चलचित्रले दर्शकको अपेक्षा पुरा गर्दा मेहनतको फल प्राप्त गरेको प्रतिक्रिया दिनुभयो । “मैले एउटा चलचित्रमा काम सुरू गरेदेखि प्रदर्शन नहुँदासम्म अन्य काम गर्दिन । हामीले जुन सोच र मेहनतका साथ चलचित्रमा समय दिएर निर्माण गरेका थियौँ, त्यो आज सफल भएको आभाष भएको छ”, उहाँले भन्नुभयो ।

उहाँका अनुसार चलचित्रलाई तीन दिनमा ६० हजार बढी दर्शकले हेरेका छन् । उक्त चलचित्रमा अभिनेता केसीसँगै भुवन केसी, केदार घिमिरे, आँचल शर्मा, जसिता गुरुङ, उषा खड्गीलगायतका कलाकारले अभिनय गरेका छन् । सरोज न्यौपानेद्वारा प्रस्तुत उक्त चलचित्र सुयोग गुरूङले निर्देशन गर्नुभएको हो ।

निर्देशक हेमराज विसीको कथा, विश्वास तिम्सिनाको पटकथा र दुलिप रेग्मीले छायाङ्कन गर्नुभएको चलचित्रको वितरकको रुपमा रीच इन्टरटेनमेन्ट, एप्पल इन्टरटेनमेन्ट र एफडी कम्पनी रहेका छन् ।